भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२३ भदौ, काठमाडौं । चर्चित बलिउड अभिनेत्री
एवं कोइराला परिवारकी नेपाली चेली मनीषा
कोइरालाले नेपालमा
राजतन्त्र फर्काउनु पर्ने बताएकी छिन् ।
आगामी संविधानमा राजसंस्था फर्काउने ब्यवस्था
सहित हिन्दु राष्ट्र समेत फर्काउनु पर्ने उनको सुझाव छ
।
‘नयाँ संविधानका लागि हाम्रो सुझाव’ शीर्षकमा
मनीषा कोइराला नरेन्द्रराज प्रसाईसँग संयुक्तरुपमा
फेसबुकमा सार्वजनिक गरेको सुझावमा ‘नेपाल
राष्ट्रको निर्माता तथा अढाई सय वर्षसम्म
राष्ट्रको संरक्षक वा नेतृत्व तहमा रहेको
राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण
गर्दा राष्ट्रिय एकता खल्बलिनुका साथै नेपालको
सार्वभौमसत्ता नै गुम्ने सम्भावना भएकाले
राजसंस्थालाई उचित स्थान दिनु वाञ्छनीय छ ।’
भनिएको छ ।
त्यस्तै उनले नेपालमा हिन्दु धर्मको संरक्षण गरिनु पर्ने
भन्दै नेपाललाई हिन्दू अधिराज्य नै कायम राख्न
सुझाव दिएकी छिन् ।
उनले नेपालको राष्ट्रियता जोगाउन सर्वोच्च
अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता
संवैधानिक अङ्गका साथै नेपाली सेनालाई झनै
शक्तिशाली बनाउनु पर्ने बताएकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

0 comments:
Post a Comment