भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महानगरीय प्रहरी वृत महाराजगंजले गुन्डा नाइके चक्रे
मिलनका ३ जना सहयोगी पक्राउ गरेको छ।
महाराजगंज इलाकाबाट तासी ग्यालेन शेर्पा, कर्मा
लामा र टेकबहादुर याख्या भन्ने विकाश राईलाई
पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले
जानकारी दिए।
उनीहरु तीनै जना चक्रे मिलनका सहयोगी रहेको
प्रहरीले जनाएको छ। उनीहरुले चक्रे मिलनसँग खिचेको
फोटो ब्यवसायीहरुलाई देखाएर हप्ता असुली समेत
उठाउने गरेको प्रहरीले जनाएको छ । गुन्डागर्दी
निर्मुल पार्ने अप्रेसनका क्रममा उनीहरु पक्राउ परेको
सिटौलाले बताए।
उनीहरु तीनै जना चोरी, लुटपाटमा पटक पटक जेल पर्दै
छुटेको उनले बताए। विकाश राई अपहरणको मुद्दामा
कारागार सजाय भोगेर बाहिरिएको पनि उनले
जानकारी दिए।
प्रहरीले चक्रे मिलनलाई पनि निगरानीमा राखेको
छ । कुमार घैटै इन्काउन्टरपछि चक्रे मिलनले उपत्यका
छाडेको प्रहरीले दाबी गरेको छ ।

0 comments:
Post a Comment