Home » » प्रहरी र प्रदर्शनकारीबीच झडप, चारको मृत्यु, दर्जनौ घाइते

प्रहरी र प्रदर्शनकारीबीच झडप, चारको मृत्यु, दर्जनौ घाइते

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


महोत्तरी, २३ भदौ । संयुक्त मधेसी मोर्चाका
कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको
जलेश्वरमा भएको झडपमा परी चार जना
आन्दोलनकारीको मृत्यु भएको छ ।
महोत्तरी गाविस–५ का रामविवेक यादव,
जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा
कापर तथा अर्का एकको प्रहरीको गोली
लागि मृत्यु भएको हो । उनीहरुलाई अस्पताल
ल्याएपछि मृत घोषित गरिएको जिल्ला
अस्पताल महोत्तरीका मेडिकल अधिकृत डा
सतिश साहले जानकारी दिनुभयो ।
झडपमा परी दुई दर्जनभन्दा बढी
आन्दोलनकारी घाइते भएका छन् । त्यस्तै
रेडियो मिर्चीका सञ्चारकर्मी विकास
मिश्रसमेत घाइते भएका छन् । गाउँगाउँबाट
हजारौँको सङ्ख्यामा मोर्चाका कार्यकर्ता
प्रदर्शनका लागि जलेश्वर पुगेका थिए ।
झडपपछि तनावग्रस्त बनेको जलेश्वरको
स्थितिलाई मध्यनजर राख्दै स्थानीय
प्रशासनले आजै अपराह्न ४ः३० बजेदेखि भोलि
बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा
जारी गरेको छ । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved