भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सरकारले सार्वजनिक साधनको भाडा घटाएको छ ।
यातायात व्यवसायीसँगको सहमतिमा सरकारले
भाडा सामायोजन गरेको हो । उपत्यकामा न्युनतम
१३ रुपैयाँ कायम गरिएको छ । उपत्यकामा अहिले
न्युनतम १४ रुपैयाँ कायम गरिएको थियो ।
यातायात व्यवस्था विभागका महानिर्देशक
चन्द्रमान श्रेष्ठले २ दशमलव २२ प्रतिशतका अनुसार
भाडा घटाइएको जानकारी दिए ।
तराइमा चल्ने मालवाहक ट्रकको हकमा २ दशमलव २४
प्रतिशत, काठमाडौं, पोखरा, नारायणघाट
काठमाडौंमा ३ दशमलव १० प्रतिशत भाडा घटाइएको
नेपाल राष्ट्रिय यातायत व्यवसायी महासंघका
अध्यक्ष सरोज सिटौलाले सेतोपाटीलाई जानकारी
दिए । उनका अनुसार विभागले सूचना निकालेको
दिनदेखि नै यो भाडादर लागू हुनेछ ।
यसैगरी ट्याक्सीमा पनि प्रतिकिमी १ दशमलव ७३
प्रतिशत भाडा घटेको छ ।
0 comments:
Post a Comment