भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, ८ कात्तिक– युरोपेली युनियन (इयू) ले
भारतले नेपालमा लगाएको नाकाबन्दी तत्काल अन्त्य
गर्न माग गरेको छ ।
युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने
प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टलले शनिबार
विज्ञप्ति जारी गरी नेपालमाथिको अघोषित
नाकाबन्दी हटाउन भनेकी हुन् ।
इयूले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा
भुल्न नपाउँदै भारतलेनाकाबन्दी गर्दा नेपाली जनताले
दुःख पाएको इयूको भनाइ छ ।
विज्ञप्तिमा नाकाबन्दीबाट उत्पन्न संकटका कारण
नेपालीको अर्थतन्त्र र नेपाली जनताको दैनिक
जनजीवनमा गम्भीर असर परेको भन्दै इयूले चिन्ता व्यक्त गरेको छ ।
0 comments:
Post a Comment