Recent News

जंगलको झरनामा मोडलको न्यूड अवतार

एजेन्सी । अष्ट्रेलियाकी टेलिभिजन स्टार जर्जी पर्टरको जंगल ट्रिपका न्यूड तस्वीर सार्वजनिक भएका छन् ।
हालै एक टेलिभिजन शो भाग लिनका लागि उनले केही दिन जंगलमा बिताईन् । त्यही क्रममा उनले जंगलमा पानीको
झरनामा नुहाइन् । सेतो स्विमसूटमा उनी एकदमै न्यूड देखिएकी थिईन् । उनलाई यस्तो अवतारमा सबैले मन पराए ।
यो टिभी शो को शटिङ अष्ट्रेलियाको जंगलमा भएको थियो ।
हेर्नुस् तस्वीरहरुः

पद छोड्छु तर, छानबिन रोकिन्नः लोकमान

काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह
कार्कीले आफूले पद छोड्नु परे पनि नेताहरुमाथिको
छानबिन नरोक्ने बताएका छन् ।
भष्ट्राचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका
अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले
अहिले बढाएको नेताहरुमाथिको छानबिन
नरोकिने बताए । उनले भने- ‘पछिल्लो समय पत्र
काटेर अगाडी बढाइएको अनुसन्धान प्रक्रिया र
कानुनसम्मत छ । यो कुनै पनि हालतमा रोकिँदैन ।
बरु मैले पद छोड्नुपर्ला तर छानबिन रोकिन्न । अरु
थुप्रैको नाम आएको छ र उनीहरुमाथि पनि
छानबिन हुन्छ ।’
अख्तियारले पछिल्लो पटक एमाले, एमाओवादी
नेताका साथै पूर्व मन्त्री र सचिव गरी २९
जनालाई पत्र काटेको छ । पत्रलाई लिएर एमाले र
एमाओवादीले अख्तियार पूर्वाग्रही भएको भन्दै
विरोध जनाएका छन् ।
प्रमुख आयुक्त कार्कीले कानुनसम्मत अनुसन्धान गर्दा
भइरहेको विरोधप्रति भने असन्तुष्टि जनाए ।
अख्तियारले पत्र काटेर छानबिन गर्दैमा दोषी नहुने
भन्दै अनुसन्धान कै विरोध गर्नु राम्रो नभएको बताए

नाकाबन्दी लुकाउन भारतीय विदेशमन्त्री सुष्माले लिइन् झूटको सहारा


नाकामै औषधी रोकेर सूची नआएको तर्क
२३ मंसिर, काठमाडौं । भारतको माथिल्लो सदन
राज्यसभामा सोमबार नेपालको नाकाबन्दीबारे
गरमागरम बहस भयो, जहाँ विदेशमन्त्री सुष्मा स्वराजले
नेपालबारे केही झूटो वक्तव्य दिइन् ।
राज्यसभामा बोल्ने अधिकांश भारतीय सांसदले
भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएर
गम्भीर मानवीय संकट उत्पन्न गराएको आरोप लगाए ।
कतिपयले ३० लाख बालबालिका औषधि नपाएर
मृत्युको मुखमा पुगेको भन्दै भारतीय विदेश नीतिको
कडा आलोचना पनि गरे ।
भारतले औषधि समेत रोकेर मानवीय संवेदना
बिर्सिएको सांसदहरुको आरोप थियो । लाखौंलाई
मृत्युको मुखमा पुर्याएको सवाललाई भारतीय
विदेशमन्त्री सुष्मा स्वराजले कडा प्रतिवाद गरिन्,
झुटको साहारा लिएर । उनले सरकारको बचाउमा
भारतीय राज्यसभालाई झुटो तथ्य पेश गरेको खुलेको छ

उनले नाकाबन्दीपछि ४ सयवटा औषधि बोकेका ट्रक
नेपाल गएको राज्यसभालाई जानकारी गराइन् । तर,
भारतीय नाकाबन्दीपछि नेपालमा मुस्किलले
भारतबाट ६० ट्रक औषधि भित्रिएको व्यवसायी
बताउँछन् ।
उनीहरुका अनुसार एयरकार्गाे मार्फत आएको
अत्यावश्यक औषधिले अहिले बिरामीको जीवन
धानिएको छ । स्वराजले भनेजस्तो रि-रुट गरेर एक ट्रक
पनि औषधि नेपाल नआएको नेपाल औषधि व्यवसायी
संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए ।
वीरगञ्ज नाका हुँदै आउने केही औषधि अन्य नाकाबाट
आए पनि वीरगञ्जमा अलपत्र रहेका ३ सय ट्रक औषधि
अझै रि-रुट गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए ।
‘वीरगञ्ज हुँदै आउने केही ट्रक अन्य नाकाबाट छिरेका
हुन् । तर, वीरगञ्जमा अलपत्र औषधि अझै रि-रुट भएको
छैन’ उनले भने ।
‘भारतीय विदेशमन्त्रीले ४ सय ट्रक औषधि नेपाल गएको
भनेर सरारसर झुट बोलेकी हुन् । तीन महिनामा ६० देखि
७० वटा ट्रक औषधि आएका छन् । स्वराजले प्रस्तुत गरेको
तथ्यमा झण्डै साढे ३ सय फरक देखियो’ श्रेष्ठले
भने-‘आफ्नो लाज छोप्न मात्रै राज्यसभामा यत्ति
ठूलो झुट बोलियो ।’
भिडियो हेर्नुस्
विदेशमन्त्री स्वराजले सोमबार संसदमा अघिल्लो दिन
आइतबार ८ सय ६४ वटा मालबाहक ट्रक छिरेको भनेर पेश
गरेको तथ्य पनि गलत भएको नेपाली भन्सार
अधिकारीले बताएका छन् । त्यसदिन सबै नाकाबाट
गरेर झण्डै ४ सय १३ वटा मात्र मालबाहक गाडी नेपाल
आएका थिए ।
आइतबार बिराटनगरबाट सबैभन्दा बढी २ सय १५ वटा
मालबाहक गाडी नेपाल आएको थियो भने भैरहवा
नाकाबाट ६८ वटा ट्रक आएका थिए । यस्तै मेचीबाट
९७ र कैलाली नाकाबट ३३ वटा गाडी नेपाल नेपाल
भित्रिएका थिए ।
नेपालगञ्ज नाकाबाट आइतबार एउटा पनि गाडी
नभित्रिएको भन्सार प्रमुख राजेन्द्र हमालले
जानकारी दिए । एक हप्तादेखिको तनाव कम भएपछि
सोमबार बेलुकीदेखि मात्र नेपालगञ्जबाट गाडी
भित्रिन सुरु भएको थियो ।
छिटपुट रुपमा आउने औषधि बोकेका ट्रकलाई भारतीय
भन्सारले पास गर्न ढिलाइ गरिरहेको एक भन्सार
अधिकारीले बताए ।
अन्य नाकामा पनि औषधि रोक्छ भारत
निकै लामो समयको अवरोधपछि डेढ हप्ता अघिदेखि
बिराटननगर र भैरहवामा नाकाबाट कुनै-कुनै दिन एक-
दुई ट्रक औषधि नेपाल आउन थालेको उनले बताए ।
औषधि बोकेका ट्रकलाई पनि भारतीय भन्सारहरुले
सहज रुपमा पास नगर्दा समस्या भएको व्यवसायीले
बताएका छन् । त्यसैकारण स्थलमार्ग हुँदै औषधि ल्याउन
समस्या भएको छ । रुपैडिया भन्सारले समयमै पास
नगर्दा ७ ट्रक औषधि भारतीय भूमिमा अलपत्र छ । अन्य
नाकामा पनि औषधिबाहक केही ट्रक भन्सार पासको
प्रतिक्षामा छन् ।
बजारमा अहिले पनि सुईजन्य औषधिको अभाव कायमै
छ । अन्य औषधिहरुको आपूर्ति पनि सहज नभएको औषधि
व्यवसायी संघले जनाएको छ । ‘वीरगञ्ज नाका
नखुलेसम्म सुईजन्य औषधिको अभाव सामान्य हुँदैन । अन्य
औषधि पनि सामान्य अवस्थामा जस्तैगरी पाउन
वीरगञ्ज नाका नै खुल्नुपर्छ ।’ अध्यक्ष श्रेष्ठले भने-‘एयर
कार्गो गरेर ल्याएको औषधि र विभिन्न सामाजिक
संस्थाले अस्पतालमा ल्याएर वितरण गरेको औषधिले
ठूलो संकटलाई टारेको छ ।’
अत्यावश्यक औषधिहरु एयर कार्गोमार्फत पनि ल्याएर
स्टक राखिएको संघले जनाएको छ । एयर कार्गो महंगो
तथा झण्झटिलो भएकाले सबै व्यवसायीले त्यसमार्फत
औषधि ल्याउन नसकेको संघले जानकारी दिएको छ ।
औषधि बोक्न इन्धन छैन
व्यवसायीका अनुसार इन्धन अभावका कारण औषधि
ढुवानी प्रभावित भएको छ । नेपाल औषधि व्यवसायी
संघले औषधि ढुवानी गर्ने गाडीहरुलाई सरकारले सहज
रुपमा इन्धन उपलब्ध नगराउँदा पहाडी क्षेत्रमा औषधि
पुर्याउन समस्या भएको जनाएको छ ।
कालोबजारीको तेल हालेर औषधि ढुवानी गर्दा
लागत बढ्ने भएकाले इन्धनको उचित व्यवस्थापन नगर्दा
समस्या भएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।
‘वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल
निगम, गृहमन्त्रालयदेखि स्वास्थ्य मन्त्रालयसम्म औषधि
ढुवानीका लागि इन्धनको व्यवस्थापन गरिदिन
आग्रह गर्दै पटक-पटक डेलिगेसन गयौं । तर, अझै हामी
इन्धन सहजरुपमा नपाउँदा पहाडी क्षेत्रमा औषधि
पुर्याउन सकिरहेका छैनौं ।’ अध्यक्ष श्रेष्ठले भने- ‘अब
प्रधानमन्त्रीलाई मात्र भेट्न बाँकी छ । अरु सबैले हुन्छ-
हुन्छ भनेर मात्रै टारे ।’
उनले प्रहरीको नक्सालस्थित पम्पमा औषधिबाहक
सवारीलाई इन्धन दिने भनिए पनि व्यवसायीका
गाडीलाई तेल नदिएको गुनासो गरे । औषधि बोक्ने
गाडीका लागि छुट्टै पम्प तोकेर तेल दिने व्यवस्था गर्न
संघले माग गर्दैै आएको छ ।
‘झण्डै तीन महिनादेखि ब्ल्याककै तेलका भरमा ढुवानी
गरिरहेका छौं । भएको औषधि पनि गाउँसम्म पुर्याउन
सकिएको छैन । सरकारले औषधी बोक्ने गाडीलाई
सहजरुपमा तेल दिने व्यवस्था नगरेर बिरामीमाथि नै
अन्याय गरेको छ ।’ श्रेष्ठले भने ।
जीवन-मरणसँग जोडिएको औषधिजस्तो
अत्यावश्यकीय सामग्री बोक्ने गाडीलाई इन्धन
उपलब्ध गराउने विषयमा सरकार गम्भीर नभएको संघको
आरोप छ ।
रक्सौलमा झण्डै साढे २ सय ट्रक बराबरको औषधि
अडि्कएको छ । अध्यक्ष श्रेष्ठले औषधिको अभावमा नै
कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने व्यवसायी
सचेत रहेको बताए ।

चुरेमा पाइला राख्न नदिने चुरेभावरको चेतावनी, रोकेर देखाउन राजेन्द्र महतोको चुनौति

सिरहा, १७ मंसिर । सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले चुरेमा जान आफूलाई कसैलेरोक्न नसक्ने बताएका छन् ।सिरहा सदरमुकाम लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले नवलपुरमा हुने विरोधसभालाईसम्बोधन गर्न चूरेभावरको क्षेत्रबाटै जाने बताए ।यसअघि चुरे भावर राष्ट्रिय एकता पार्टीले महतोलाई चुरेमा खुट्टा टेक्न नदिने घोषणा गरेको थियो । अन्यथा कडाप्रतिकारको चेतावनी दिएको थियो ।तर, उक्त चेतावनीलाई व्यवस्था गर्दै महतो केहीबेरमा चुरे भएरै नवलपुर जाने तयारीमा छन् । महतोले चुनौति दिँदै भने–चूरेभावरको क्षेत्र हुंदै म नवलपुर पुगेरै छाड्छु, कसैले रोक्न सक्छ भने रोकेर देखाओस् । यता चुरे भावरका अध्यक्ष बद्री न्यौपानेलेमहतोलाई कुनै हालतमा चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने बताए ।यसअघि चुरे भावरले सर्लाहीमा राजमार्ग बन्द गर्न आएका मधेसी मोर्चाका नेता कार्यकर्तालाई तीन किलोमिटरटाढासम्म लखटेको थियो । जसमा महतोकी श्रीमतीको गाडी समेत तोडफोड भएको थियो ।dainiknepal

सरकारले हदै पार गर्‍यो भने मधेसका युवाहरु हतियार उठाउँछन् : राजेन्द्र महतो,‘ओली सरकार उल्लुुहरुको सरकार हो’

सिरहा, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको अहिलेको सरकारलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उलुुको सरकार भएको टिप्पणी गरेका छन् ।सद्भावना पार्टी क्षेत्र नम्बर १ सिरहाद्धारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले भने, ‘आन्दोलनले देश तहसनहस भएको छ । तर यो उल्लुु सरकार आन्दोलनलाई आन्दोलन देख्दैन् ।’ उल्लुुले दिनमा नदेखेर राती मात्र देखेझै वर्तमान सरकार गरेको उनको टिप्पणी थियो ।सरकारले बार्ता सार्थक बनाउन ठोस धारणा ल्याउन नसकेकोमा अध्यक्ष महतो आक्रोसित देखिए । उनले भने– ‘देश प्रमुख तीन दलका कारण ठप्प भएको छ । त्यसैले उनीहरुलाई एकमत भएर आउन मेरो विशेष आग्रह छ ।’ तीन दलले एकमत अर्थात् ठोस धारणा बनाएर टेबुुलमा बसे बार्ता सार्थकर्ता पाउने उनले थपे ।अध्यक्ष महतोले सरकारले हदै पार गर्यो भने मधेसका यूूवाहरु हतियार उठाउन बाध्य हुुन सक्ने पनि बताए । उनले मधेसी यूूवाहरु हतियार उठाउन बाध्य भयो भने त्यसको जिम्मेवार सरकारले लिनुपर्ने बताए । तर आफू भने हतियार उठाउन नउठाएर शान्तिपूूर्ण आन्दोलन गरेरै अधिकार लिने भने ।उनले वार कि पारको लडाई लड्न अझ सशक्त आन्दोलन गर्ने तयारी थालेको पनि जानकारी दिए । उनले भने, ‘जुुन दिन मधेसका हरेक घरबाट जनता सडकमा आउँछ । त्यो दिन अधिकार निश्चित रुपमा पाउँछौं । त्यो दिन चाँडै आउँदैछ ।’

चुरे भावरको प्रतिकारको डरले मधेसी मोर्चाका शीर्ष नेता नवलपुर नजाने, झडपको सम्भावना

सिरहा, १७ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टीको प्रतिकार बढेपछिमधेसी मोर्चाभित्र खैला बैला मचिएको छ । इटहरीमा भएको प्रतिकारसंगैमधेसी मोर्चाले राजमार्गमा गर्ने आफ्नो सभालाई कि त स्थगित गरेको छ कित स्थान सारेको छ ।इटहरीमा मोर्चाका कार्यकर्तालाई लखेटेपछि दुहबीको कार्यक्रम सारेरविराटनगर, बर्दिबासको कार्यक्रम सारेर ढल्केबर, लालबन्दीको कार्यक्रम सारेरनवलपुरमा गरेको छ । यस्तै, प्रतिकार हुने र लखेटिने डरले निजगढ, पथलैया, हेटौडा रअत्तरियाको कार्यक्रम भने स्थगित नै गरेको छ ।हिजो ढल्केवरमा भएको सभामा चर्को भाषण गरेका मधेसी मोर्चाका शीर्षनेताहरू सर्लाहीको नवलपुरमा हुने सभामा सहभागी नहुने भएका छन् । अबवार्ताको कुनै औचित्य नभएको र काठमाडौंसंग वार्ता नगर्ने भन्दै भाषण गरेकासंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शनिवार हुने वार्ताकोलागि आजै काठमाडौतिर लागेका छन् ।यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि ढल्केवरकोसभामा सहभागी भएका थिए तर अस्वस्थताको कारण जनाउंदै जनकपुरमै रहेका छन्। ठाकुर आजै काठमाडौं फर्किने कार्यक्रम छ । आफ्नै गृह जिल्ला भएकाठाकुरसहित महेन्द्र यादवको पनि नवलपुरको राजमार्गमा रहेको सभामा जानेकार्यक्रम निश्चित छैन् ।आक्रामक शैलीमा चर्को भाषण गर्दै आएका सदभावना पार्टीका अध्यक्षराजेन्द्र महतो भने नवलपुर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनकापार्टीका जिल्ला नेताले बताएका छन् ।आज बिहान सिरहाको लहानमा पत्रकार सम्मेलनमा बोल्दै महतोले चूरे भावरकोप्रतिकारको घोषणा भएकै कारण आफू नवलपुरको सभामा सहभागी हुने बताए ।महतोले चूरेभावरको क्षेत्र हुंदै आफू नवलपुर पुग्ने र आफूलाई रोक्न चूरे भावरलाईचुनौती समेत दिए । चूरे भावरका अध्यक्ष बद्री न्यौपानेले राजेन्द्र महतोलाई चूरेभावर क्षेत्रमा प्रवेश गर्न नदिने घोषणा गरेका थिए ।चूरे भावरको प्रतिकारको डरले महतो बाहेकका मोर्चाका शीर्ष नेताहरू नवलपुरनआउने भएपछि आम मधेसी जनता सभामा उपस्थिति हुने नहुने बारे अन्यौलताछाएको छ । नवलपुरमा झडप हुने सम्भावना भएकोले गर्दा जनताको उपस्थितिन्यून हुने मोर्चाका स्थानीय नेताले बताएका छन् ।

एकअर्काको बच्चालाई दुध चुसाउने यी महिलाको अनौठो दोस्ती


स्टेफनी टाटाबिट्टो र क्रिस्टल क्लेइन पाँच वर्ष पहिले
फेसबुकमा साथी बनेका थिए । भर्चुअल दुनियाको यो
मित्रता विस्तारै गहिरो सम्बन्धमा बदलियो । करीब
दुइ वर्ष पहिले दुबैले बिहे गरे । दुबैका बच्चा पनि भए । दुबै
साथीका बच्चा भएपछि आ आफ्ना बच्चाको
हेरचाहका लागि समस्या भयो किनकी दुवै जनाको
नाइट सिफ्टको जागिर थियो महिनामा एक हप्ता ।
त्यसपछि उनीहरुले एक अर्काको बच्चाको हेरचाह तथा
पालनपोषण गर्ने फैसला गरे ।
क्रिस्टलको जागिर जब नाइट सिफ्टमा हुन्छ तब
स्टेफनीले उनकी छोरीलाई आफ्नो दुध चुसाउँछिन् ।
अनि जब स्टेफनी नाइट सिफ्टमा जागिरमा जान्छिन्
तब क्रिस्टलले उनकी छोरीलाई पनि आफ्नी
छोरीलाई जस्तै आफ्नो दुध चुसाउँछिन् ।
अहिले क्रिस्टलकी छोरीको उमेर १९ महिना तथा
स्टेफनीकी छोरीको उमेर दुइ वर्ष भएको छ । स्टेफनी
अहिले पनि हप्तामा कम्तिमा ६ दिन क्रिस्टलकी
छोरीलाई दुध चुसाउँछिन् ।
बच्चालाई स्तनपान गराउनु प्राकृतिक कुरा रहेको र
आफुले गरिरहेको काम दुवै जनाको परिवारको लागि
निकै राम्रो कुरा भएको भन्दै क्रिस्टलले आफुले अरु
महिलाले के भन्लान् भन्ने कुराको वास्ता नगर्ने बताइन्
। एक अर्काको बच्चालाई दुध चुसाउने यो कार्यले
आपसी सम्बन्ध मजबुत भएका उनको भनाइ छ ।
स्टेफनीको बच्चालाई दुध चुसाउने आफ्नो निर्णयमा
श्रीमानले कुनै बाधा विरोध नगरेको क्रिस्टल
बताउँछिन् । स्टेफनीले त अहिले चुरोट तथा रक्सी खान
पनि छाडिदिएकी छिन् ।

महिलाको यौनांगको बारेमा लुकेका १० रोचक तथ्य


हम्रो जस्तो पूर्विय समाज यौनका बारेमा त्यति खुल्ला
हुन नसकेको भएता पनि यौनको विषय मानिसको
सर्वाधिक चासो रहेको हुन्छ । यौनको विषयलाई जति
लुकाएर राख्यो त्यति नै मानिसमा चासो र खुल्दुली भइ
रहन्छ । यसैले हिजोआज भने स्कुल स्तरदेखी नै यौन तथा प्रजनन
शिक्षा दिइने गरेको छ । प्राय पुरुषहरुको चासोको विषय
हुन सक्छ महिलाहरुको गुप्ताङ्ग अर्थात योनीको बारेमा ।
वास्तवमा योनी निकै संवेदनशील अंग हो । सम्भोगको
सन्तुष्टि देखि सन्तानोत्पादनको मार्ग समेत रहेको
योनीका विषयमा थुपै्र अनौठा र रोचक तथ्यहरु छन जसलाइ
वुदागत रुपमा प्रस्तुत गरिएको छ ।
१. महिलाको योनीको औषत आकार ३(४ इन्च हुन्छ, तर
सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत
सम्म वृद्धि हुनसक्छ ।
२.योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा
स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा
मात्र हुन्छन।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको
अवधिमा बढिमा सोह्र पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६.योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९.गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

महिलाका दुई स्तन कहिल्यै बराबर हुँदैनन्, जानी राखौँ कारण

काठमाडौँ, १४ मंसिर । स्त्रीको सबैभन्दा
आर्कषक अंग हो स्तन । चाहे त्यो महिलाका
लागी होस् वा पुरुषका लागी । चाहे त्यो कुनै
सौन्र्दय प्रतियोगीतामा होस् वा पौडी
पोखरीमा वा अन्य समयमा युवतीको स्तन
पहिलो रोजाई हुन्छ हेराईको । तर पनि
हत्तपत्त यिनको आकार सुन्दरतामा मानिस
हराउने हुनाले यसको साइज समान हुँदैन भन्ने
धेरैलाई पत्तै हुँदैन ।
चिकित्सकका अनुसार पुरुष महिलाको
बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र
होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे
सँधै चिन्ता र चासो हुन्छ । महिलाका दुइ स्तन
मध्ये दुवै बराबर कसैको पनि हुँदैन । दुई स्तन मध्ये
एउटा ठूलो र एउटा सानो हुन्छ । जुन आकार
आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ ।
यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा
अन्य मद्दत लिन जरुरी छैन । गर्भवती भएपछि
स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि
हुन्छन् । तर युवती अवस्थामा देखिने भिन्नता
धेरैलाई पत्तै हुँदैन । एजेन्सीको सहयोगमा

२० हजार डलर खर्च गरेर तिन ओटा स्तन बनाउने महिलालाई हेर्नेहरुको भिडम भिड



फ्लोरीडाकी २१ बर्षीय
ज्यासमिन ट्रिडेभिलले आफ्नो
स्तन आर्कषक बनाउन दुई स्तनको
बीचमा अर्को एक स्तन थप गरेपछि
मान्छेहरु तिन छक परेका छन् | यो
कुनै ठट्टा होइन झट्ट सुन्दा
हामीलाई ठट्टा लागेपनि यो
बास्तबिकता भएको कुरा यूटुब्मा
जोनाथ पाउलाले जोन्स वोर्ल्ड
बाट देखाएका छन् |

छोरीलाई आमा फकाउने, बाबु शारीरिक सम्पर्क राख्ने…!

एजेन्सी । अहिलेको कलियुगमा यौनका लागि
मानिसहरु समाजले बनाएको सम्बन्ध पनि बिर्सिन
थालेको कुरा भर्खरै सार्वजनिक यो घटनाबाट
प्रमाणित हुन्छ ।
आफूलाई लोकतान्त्रिक देश ठान्ने भारतमा यौन
प्यास मेटाउनका लागि परिवारै मिलेर छोरी
चेलीको शोषण गर्ने गरेको खुलेको छ । भारतको
चर्चित सहर मुम्बईमा प्रहरीले दुई वर्षदेखि १४ वर्षीय
छोरीको यौन शोषण गरेको अभियोगमा एक
बाबुलाई गिरफ्तार गरेपछि यो घटना बाहिर आएको
हो ।
यो घटना १४ वर्षीय पीडित बालिकाले
छिमेकीलाई बताएपछि बाहिर आएको हो ।
छिमेकीले पीडित किशोरीको यौन शोषणबारे
थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका
थिए । त्यसपछि अभियुक्त बाउलाई प्रहरीले
गिरफ्तार गरेको हो । ति बालिकाकी आमा
शौतेली हुन् ।
अभियुक्त प्लम्बरको काम गर्छन् । उनी मुम्बईको
दहिसार इलाकामा बस्दै आएका थिए । प्रहरी
अनुसन्धान अनुसार अभियुक्तले श्रीमतीकै सहयोगमा
छोरीको यौन शोषण गर्थे । मिड डे पत्रिकाका
अनुसार १४ वर्षीय छोरीसँग पछिल्लो दुई वर्षदेखि जून
कर्तुत बाबुले गरिरहेका थिए त्यसको बारेमा उनकी
सौतेली आमा जानकार थिईन् । तर, उनले श्रीमानको
यो हर्कतमा साथ दिइन् । उनी श्रीमानलाई खुसी
पार्न आफै छोरीलाई पैसा दिएर फकाउँथिन् ।
प्रहरीका अनुसार पीडित बालिका ८ कक्षामा
पढ्छिन् । अभियुक्त पुरुषका दुई श्रीमती छन् । जेठीसँग
सम्बन्ध विच्छेद गरिसकेका छन् । पीडित बालिका
जेठी श्रीमतीबाट जन्मिएकी छोरी हुन् ।

सहमतिमै सेक्स गर्दा पनि महिलाहरु किन निराश हुन्छन् ?

एजेन्सी । हालै भएको एक सर्वेक्षणमा सहमतिमै सेक्स गर्दा पनि महिलाहरु निराश हुने गरेको पाइएको छ ।

अष्ट्रेलियाका शोतकर्ताका अनुसार सेक्सका बेला आर्गेज्म, पीडा, आनन्दको अनुभूतिका साथै भावनात्मक अभिव्यक्ति पनि शामेल हुन्छ । विश्व समाचार संस्था रोयटर्सका अनुसार क्वीजल्याड युनिभर्सिटी अफ टेक्नोलोजी अष्ट्रेलियाका अथर राबर्ट डी ले भनेका छन्– सहमतिमै सेक्स गरि सकेपछि उदास झल्किने एक भाव जागृत हुन्छ, जो एक मेडिकल प्रोबलम हो ।

रावर्ट र उनका सार्थीहरुले २३० महिलामाथि गरेको सर्वेमा महिलाहरुले यस्तो लक्षण चार हप्ताको एक पटक महसुस गर्ने गरेको पाइएको छ । जबकी ४६ प्रतिशत महिलाले जीवन एक÷दुई पटक मात्रै आफूहरुमा निराशाजनक भावना जागृत हुने गरेको बताए ।

शोधकर्ताले आफ्नो रिपोर्टमा यो पनि लेखेका छन् कि– सर्वेका क्रममा एक महिलाले हामीलाई भनिन् कि उनको विहे २० वर्ष पहिला भएको थियो र उनी सेक्स गरि सकेपछि वाथरुममा गएर रुन्छिन् । रिपोर्ट भन्छ– कुनै महिलामा धेरै त कुनै महिलामा कम मात्रामा सेक्सपछि निराशाजनक भावना जागृत हुन्छ । यो एउटा मेडिकल समस्याका कारणले भएको हो ।

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved