Home » » कतारमा पिसाव गर्न नपाएपछि २ महिनामै नेपाल फिर्ता...

कतारमा पिसाव गर्न नपाएपछि २ महिनामै नेपाल फिर्ता...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गोरखा, चैत ७ - गोरखा
नगरपालिका १० का जगतराम वर्देवा गएको पुसको
पहिलो हप्ता रोजगारीका लागि कतार उड्नुभयो ।
यसअघि ५ वर्ष त्यहाँ बसेर फर्केकाले उहाँलाई कतारका
हरेकजसो ठाउँ, त्यहाँको रहनसहन र बोलीचालीका
लागि आवश्यक पर्ने भाषाको ज्ञान थियो ।
तर यो पटक भने २ महिना पनि उहाँ कतारमा टिक्न
सक्नु भएन । म्यानपावरको ठगी, भनिएभन्दा कम तलव
जस्ता आम नेपालीले भोग्ने समस्या पनि उहाँले भोग्नु
परेन । सुन्दा सामान्य लाग्ने तर एउटा गम्भीर
खालको समस्याका कारण उहाँ नेपाल फर्कनु भयो ।
उज्यालो अनलाइन सँगको कुराकानीमा वर्देवाले
भन्नुभयो ‘खासमा म पिसाव गर्न नपाएर नेपाल
फर्किएँ ।’
अघिल्लो पटक दोहामा गाडी चालकको काम गरेका
वर्देवा यो पटक भने ७५ हजार रुपैयाँ खर्च गरेर अल रायन
शहरमा पुग्नुभएको थियो र काम गाडी चालककै
थियो । ‘यो पटक कस्तो भैदियो भने कति वजेदेखि
कति वजेसम्म गाडी चलाउने भन्ने निश्चित नै भएन’
वर्देवा भन्नुहुन्छ “बिहान ५ वजेदेखि राति ११ वजेसम्म
यात्रु ओसार पसारकै क्रममा भइन्थ्यो ।’
उहाँ नेपालीहरुले सञ्चालन गरेको मुनलाइट लेमोजिन
सर्भिसेज नाम गरेको कम्पनीमा भाडाका गाडी
चलाउनुहुन्थ्यो । कामको प्रकृति अन कल ट्याक्सीको
जस्तै । ‘एकतिर यात्रु पुर्याउन नपाउँदै अफिसबाट
अर्को ठाउँमा जानका लागि फोन आइसक्थ्यो’
वर्देवा हाँस्दै भन्नुहुन्छ ‘अनि कहाँबाट दिसा पिसाव
गर्न भ्याउनु ?’ समयको चाप एउटा कारण भएपनि
गाडी पार्किङ गर्ने अप्ठ्यारो र सार्वजनिक
शौचालय भेट्नै मुस्किल हुनाले वर्देवाले
दिसापिसावका लागि सधैं सास्ती बेहोर्नु पर्यो ।
‘बिहान ५ वजे कोठाबाट निस्केपछि ११ वजेतिर
खाना खान नफर्केसम्म दिसा पिसाव रोक्नु पर्थ्यो’
उहाँले भन्नुभयो ‘बिहान कम पानी खाएर निस्कने
गरेको थिएँ, तर लगातार ६ घण्टासम्म रोकेर बस्न पनि
सम्भव भएन ।’ कतारमा मस्जिद र पेट्रोल स्टेसनहरुमा
बाहेक अन्त सार्वजनिक शौचालय भेट्न मुस्किल हुने
उहाँको अनुभव छ ।
त्यसो भए अरु सवारी चालकले चाहिँ के गर्छन् त ?
वर्देवा भन्नुहुन्छ ‘धेरैजसोले त रोकेर बस्ने नै हो, सकिएन
भने बोतलमा पिसाव गर्ने, बेलुका कोठामा फर्केपछि
तह लगाउने ।’ तर आफूलाई त्यस्तो गर्न मनले नमानेको र
नेपाल फर्किएको उहाँले सुनाउनुभयो ।
सार्वजनिक स्थलमा पिसाव गरेको मात्रै ५ सय रियल
अर्थात झण्डै १३ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने
नियम छ । सार्वजनिक गाडी भन्दा निजी गाडी र
त्यसमा पनि वर्देवाले जस्तो अन कल गाडी
चलाउनेलाई शौचालयको सास्ती हुने गरेको छ ।
सवारी चालककै काम गर्न जाँदा पनि त्यसबारे
विस्तृतमा बुझेर जान उहाँको सल्लाह छ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved