भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हेटौँडा–४ की आश्मा (नाम परिवर्तन) १४ वर्षकी
भइन् । उनलाई बजारका विभिन्न रेष्टुँरा चाहार्ने र
साथीसँग रमाउने रहर छ । सानै उमेर भएपनि एन्ड्रोयड
मोबाइल र पल्सर मोटरसाइकल उनको ‘फेभरेट’ हो भन्दै
थिइन् छेवैको साथीसँग । अचम्म त के हो भने कलिलै
उमेरमा उनले दुई सर्को चुरोटको धुवाँ फुंग उडाउन
जानिसकेकी छन् ।
कम्मरका पातलो भाग देखिने गरी फेसनेवल कपडा
लगाएकी आश्मा र उनका साथी सबै रमाइलो गर्न र
बाहिर हिँड्न माहिर छन् भन्ने उनीहरुको हाउभाउले
प्रष्ट पारेको छ । उनीहरुको गफ सुन्दा लाग्थ्यो,
बाहिरी हावापानीले उनीहरुलाई धपक्कै समाएको
छ । गफिँदै गर्दा आश्माको मोबाइलमा फोन आउँदा
उनले भनिन्, ‘ओई हेर त त्यो’ को छोरोले फोन ग¥यो
।’ उनको साथीले थपिन्, ‘त्यसको फोन नउठा है ।’ तर
आश्माले फोन उठाइन् । कुरा निकै ‘भल्गर’ थियो ।
परिवर्तनशील समयमा सबै पचाउन सक्नुपर्ने बाध्यता
छ । केहीबेर निकै यौनजन्य वातचितपछि आश्माले
फोन राखिन् ।
‘के भो त कुरा गर्दा, लभ गरिन्नँ, यसो रमाइलो त
हो नि,’ उनी खिस्स हाँसिन ् । कोल्टे परेको दाँत
देखियो । ‘सौराहा जाउँ भन्दै छ त्यसले,’ सुनाउन
नभ्याउँदै साथीले भनिन्, ‘कहिले जाने हो र ?’ ‘आजै
हो, अब जाने, भोलि आउने, दाम पनि, रमाइलो
पनि, बालै भएन,’ आश्माको जवाफ भो । साथीले
भनिन्, ‘औषधि चैँ लैजा है ।’ ‘त्यो त अलरेडी झोलामै
छ,’ आश्माले जवाफ फर्काइन् । भनिन्, ‘कन्डममा मजा
आउँदैन, के गर्नु दुवैलाई मजा आउनै प¥यो ।’ साथीले
भनिन्, ‘ल–ल पैसावालसँग मस्ती गरेर आइज भन्दै थपिन्,
‘आएपछि ‘ट्रिट’ चाहिन्छ नि ।’
हेटौँडा बजार विस्तारै सेक्सका लागि खुला बन्दैछ ।
काठमाडौँबाट चार घण्टामा पुगने र चितवनको
सौराहा अनि वीरगन्जबाट पनि नजिक रहेकाले
हेटौँडामा ‘घरानियाँ सेक्स’ पनि फस्टाउँदो छ ।
घरमा साथीसँग घुम्न वीरगन्ज, सौराहा, उस्तै परे
जनकपुर या काठमाडौँ भनेर हिँडेकाहरु सौराहा,
पोखरा, मार्खु र काठमाडौँमा भेटिने गरेका छन्,
त्यो पनि नपत्याउँदो उमेरका पुरुषसँग । सेक्सको
कारोबार बढ्दै जाँदा ग्रामीण भेगबाट आएका अनि
हेटौँडालाई सपनाको सहर बनाएकाहरु भने विस्तारै
कुमारी आमा होलान् कि भन्ने समस्या पनि
थपिएको छ । त्यो पनि आश्माजस्तै सेक्सको मजा
कण्डमविना लिने लालसामा ।
कण्डमको विकल्पमा अहिले क्याप्सुल, ट्याब्लेट आउने
गरेको छ । सेक्स गरेको ७२ घण्टाभित्र खाए हुने
भनिएकाले यसमा पुरुष भन्दा बढी महिला, त्यसमा
पनि युवती आकर्षित छन् । उनीहरु कण्डमको
झन्झटबाट मुक्त हुन खोजिरहेको देखिन्छ । अहिले सबै
यस्तै औषधिले बजारका मेडिकल स्टोर्स भरिएको छ ।
‘कण्डम कम बिक्न थालेको छ तर ७२ घण्टे औषधिको
माग अधिक रहेको छ,’ हेटौँडा, राप्ती रोडका एक
मेडिकल सञ्चालकले भने । थपे, ‘भाइ, यहाँ बसेर हेर न,
कस्ता कस्ता आउँछन् औषधि लिन पनि, अचम्म लाग्छ
मलाई त ।’ उनले फेरि भने, ‘अब त १३ वर्षमाथिका सबै
सेक्सका लागि तयार भइसकेझैँ लाग्छ, औषधि किन्न
आएको देख्दा ।’ अधिकमात्रामा बाहिरबाट कलेज
पढ्न आएका र हेटौँडा बजार क्षेत्रमा देखिएका युवती
नै औषधि लिन आउँने गरेको उनले जानकारी दिए ।
यौनसम्पर्क गरेको ७२ घण्टाभित्र खाने विभिन्न
प्रकारका औषधि किन्न अहिले पुरुष भन्दा पनि
युवती बढी आउने गरेको उनले जानकारी दिए । केही
दिनअघि औषधि लिएर गएका पनि केही पछि
औषधिले भएन भन्दै आउने पनि रहेको उनले बताए ।
औषधिको प्रयोग गर्न नजानेर गर्भवती बनेर आउनेको
संख्या अधिक रहेको हेटौँडा अस्पतालका स्त्रीरोग
बिशेषज्ञ डा. रामकाजी महर्जनले बताए । उनले भने,
‘औषधि खाएको भएन सर भन्दै आउनेको संख्या हेर्दा
अचम्म नै लाग्छ ।’ डा. महर्जनका अनुसार अहिले
औषधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ ।
बजारका सबै मेडिकलमा पाइनुले पनि समस्या
सिर्जना भएको छ । उनका अनुसार औषधिमा भनिए
अनुसार नखाँदा युवती गर्भवती हुने क्रम पनि बढेको छ
। औषधि बेच्ने पनि जानकार नभएको र उनले दिँदा
खाने समयबारे जानकारी नदिँदा दैनिकजसो औषधि
खाँदा पनि गर्भ रहेको भएको भन्दै आउने युवतीको
संख्या बढेको हो ।
बजारमा यौनसम्पर्क गरेको ७२ घण्टासम्म औषधि
खाँदा गर्भवती भइन्न भन्ने विभिन्न प्रकारका
औषधि पाइने गरेका छन् । जसमा इकोन, ७२ आवर्स,
आइपील र अनवान्टेड नामको औषधि अधिक
मात्रामा प्रयोगमा आउने गरेको बताइएको छ ।
0 comments:
Post a Comment