Home » » काठमाडौंको दानापानी रोक्ने काम सफल हुँदैछ- महतो

काठमाडौंको दानापानी रोक्ने काम सफल हुँदैछ- महतो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


८ असोज, काठमाडौं ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले
काठमाडौंको दानापानी रोक्का गर्ने आफ्नो
पूर्वघोषित कार्यक्रम सफल हुँदै गएको बताएका छन् ।
इनरुवामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतोले राज्य
पक्षलाई पीडा दिएर झुकाइ छाड्ने र आफ्नो
आन्दोलन सफल बनाइ छाड्ने दाबी गरे ।
अध्यक्ष महतोले भारतले नाकाबन्दी गरेको नभइ
आफूहरुको आन्दोलनको प्रभावले नेपालको नाका ठप्प
भएको दाबी गरे ।
त्यसैगरी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष
उपेन्द्र यादवले वार्ताका लागि राज्य गम्भीर
नभएको आरोप लगाएका छन् । उनले सेना परिचालन
गरेर मधेशका नेतालाई दुःख दिने प्रवृत्ति हितकर
नभएको भन्दै बन्दुकको नालमुनि उधारो सम्झौता हुन
नसक्ने स्पष्ट पारे ।
अध्यक्ष यादवले राज्यले विगतमा गरेका विभिन्न
सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताए ।
साथै, उनले मधेशका जनताले अधिकार खोज्दा अर्को
देशका नागरिक सरह व्यवहार गरिनु दुःखद् भएको भन्दै
आफ्ना अधिकारका लागि अब अर्को आन्दोलन
गर्नुपर्ने वातावरण नबनाउने दाबी गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved