Home » , » वैदेशिक रोजगारीमा जाने नेपाली कामदार एजेन्टबाटै ठगिन्छन

वैदेशिक रोजगारीमा जाने नेपाली कामदार एजेन्टबाटै ठगिन्छन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, १६ चैत । बैदेशिक रोजगारीमा जाने
नेपाली कामदारको ठगीमध्ये ६८ प्रतिशतभन्दा
बढी ठगी एजेन्टबाट हुने गरेको बैदेशिक रोजगार
विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको
फागुनसम्ममा म्यानपावर एजेन्सी तथा एजेन्टले ५२
करोड ६६ लाख ७९ हजार रुपैयाँ कामदारको ठगी
गरेका छन् ।
यो ठगीमध्ये ६८ प्रतिशत अर्थात ३६ करोड २८
लाख ८५ हजार रुपैयाँ एजेण्टले गरेको विभागले
जनाएको छ । एजेन्सीका गाउँ, जिल्ला हुँदै
काठमाडौसम्म एजेन्ट हुन्छन् । तह(तहमा कामदारले
रकम तिर्नुपर्ने भएपछि कामदारको लागत हृवात्तै
बढ्छ ।
एजेन्टले कानुनले तोकिएको भन्दा बढी रकम
कामदारसँग असुल्ने गर्छन् । कामदारलाई गलत
व्रिफिङ गर्ने र स्वदेशरविदेशमा अलपत्र पार्ने काम
एजेन्टले गर्ने गरेको विभागको भनाइ रहेको
कारोबार दैनिकले छापेको छ ।
कामदारले एजेन्टविरुद्ध ६०५ वटा उजुरी विभागमा
दायर गरेका छन् । कानूनी रुपमा दर्ता भएका
भन्दा अवैध ढंगबाट सञ्चालनमा रहेका एजेन्टले
कामदार बढी ठग्ने गरेका छन् । दर्ता भएको एजेन्टले
२ लाख रुपैयाँ धरौटी विभागमा जम्मा हुने गरेको
हुन्छ ।
ठगी गर्नेवित्तिकै धरौटीबाट रकम कट्टा गरेर
विभागले कामदारलाई फिर्ता गर्छ । एजेन्टबाट हुने
ठगीमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ
कामदारलाई फिर्ता गरेको विभागले जनाएको छ

१०८ एजेन्टविरुद्ध १८ करोड ७७ लाख ११ हजार रुपैयाँ
बिगोदावीसहित बैदेशिक रोजगार
न्यायाधीकरणमा मुद्दा दायर भएको छ ।
कामदारले म्यानपावर एजेन्सीविरुद्ध एक हजार ३४८
उजुरीमा १६ करोड ३७ लाख ८३ हजार
बिगोदाबीसहित उजुरी परेको विभागले
जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved