भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चार बर्षमा घर फर्किएका
छोरा पारसलाई पूर्वराजा ज्ञानेन्द्र शाहले किन
स्वीकारेनन् ? अझ सासु-ससुराकै दबाबमै पत्नी
हिमानी शाहले समेत पारसलाई नभेटेपछि विभिन्न
शंकाहरु उत्पन्न भएका छन् ।
विश्वस्त सुत्रका अनुसार, पारस नेपाल फर्किए पनि
पूर्वराजा ज्ञानेन्द्र खुसी छैनन् । पारसले करोडौँ
रुपैँया उडाएको र आफ्नो बेइज्जती गरेको भन्दै
ज्ञानेन्द्र आक्रोशित छन् । उनले पारसलाई केही
शर्त राखेको र शर्त स्वीकारेमात्र महाराजगन्जमा
रहेको आफ्नो निजी घर ‘निर्मल निवास’मा छिर्न
दिने सन्देश पठाएको बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले कनिका नामकी थाइ
प्रेमिकालाई छाड्न र अब आइन्दा विगतका जस्ता
गतिविधि नगर्ने प्रतिबद्धता जनाउन पारसलाई
सन्देश पठाएका हुन् । त्यो प्रतिबद्धता पूरा गरे
पारसलाई घरमा प्रवेश दिने ज्ञानेन्द्रको शर्त छ ।
शर्त माने ज्ञानेन्द्र लागुऔषध र गलत संगतबाट
छुटाउन पारसलाई पुनर्स्थापना केन्द्रमा राख्न
चाहन्छन् ।
यसैगरी, पारससँगै नेपाल फर्किएका सुनिल
खड्कासँगको संगत छाड्न पनि ज्ञानेन्द्रले शर्त
राखेका छन् । सुनिलले पारसलाई थाइल्याण्डमा
नराम्रो काममा उत्प्रेरित गरी बदनाम गराएको र
चर्चा कमाउनका लागि नेपाली मिडियालाई
गलत सूचनाहरु दिएको भन्दै पूर्वराजा आक्रोशित
छन् ।
पूर्वराजपरिवारले दुई वर्षअघि नै पारसलाई नेपाल
फर्काउन चाहेको थियो । तर करोडौं पैसा
सिध्याएर उनी थाइल्याण्ड नै बसेका थिए ।
गाँजा लगायतका नशालु पदार्थ सेवन गरेको र
जथाभाबी पैसा उडाएपछि पछिल्लो समय
परिवार र आफन्तले पैसा पठाउन छाडेका थिए ।
त्यसपछि पारस बाध्य भएर नेपाल फर्किएका हुन् ।
पछिल्लो समय थाइल्याण्डको अदालतलाई
धरौटी बुझाउन पनि उनलाई निकै कठिन भएको
थियो । पारस आउँदा पूर्वराजदरबारमा खासै
उत्साह देखिएको छैन । छोरा पारसकै कारण
राजतन्त्र फर्किने सम्भावना टर्दै गएको र
राजनीतिक अस्थिरता भएपनि पारसका
गतिविधिका कारण राजतन्त्रप्रति हुनु पर्ने आस्था
बढ्न नसकेको भन्दै ज्ञानेन्द्र असन्तुष्ट बनेको निर्मल
निवास स्रोतले दैनिक नेपाललाई जनायो ।
यसो त पारस विमानस्थलबाट निस्किएर निर्मल
निवास जान चाहन्थे । तर, पूर्वराजा ज्ञानेन्द्रले
निर्मल निवास छिर्न नदिएपछि महाराजगञ्जको
कुण्डदिनी क्लबमा बसेका हुन् । जहाँ अपार्टमेन्ट
जस्तै सुविधा छ । त्यहाँ रहँदा पनि गलत छविका
व्यक्तिहरुका पारस घेरिएका छन् ।
ज्ञानेन्द्रले अस्वीकार गरेपनि पूर्वरानी कोमल र
पूर्वयुवराज्ञी हिमानी भने पारसलाई घरमै ल्याउने
पक्षमा छन् । पारसलाई स्वागत गर्न विमानस्थल
नगएकी हिमानी निर्मल निवासमा पतिलाई
स्वागत गर्ने तयारीमा थिइन् तर ज्ञानेन्द्रकै कारण
उनको चाहना पूरा हुन सकेन । पारसलाई घरमा
आउन नदिएपछि हिमानीले बाबुलाई भेट्न शुक्रबार
कुण्डलिनी क्लबमा छोराछोरीलाई पठाएकी
थिइन् ।
परिवारको कलह ढाक्न पारसका सहयोगीहरुले भने
बिहिबारको साइत राम्रो नभएकाले उनलाई केही
दिनपछि निर्मल निवास भित्राउने तयारी
भइरहेको दाबी समेत गरेका छन् ।
0 comments:
Post a Comment