भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, पुस ७ - एमाओवादी नेतृत्वको संयुक्त
गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने
भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।
गठबन्धनको सोमबार बसेको बैठकले पुस-१९ गते ७५ वटै
जिल्लामा प्रदर्शन, पुस २५-२९ गतेसम्म माओवादीले
भन्ने गरेको राज्यहरुमा फरक-फरक
दिनमा आमहड्ताल गर्ने निर्णय गरेको छ । त्यस्तै
माघ-५ गते देशभर आमहड्तालको कार्यक्रम
एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तय
गरेको छ ।
गठबन्धनका प्रवक्ता समाजवादी जनता दलका अध्यक्ष
प्रेमबहादुर सिंहका अनुसार २५ गते खप्तड-कर्णाली,
२७ गते किरात, खम्बुवान, लिम्बुवान, तमुवान र
मगरात, २८ गते थरुहट र तराई तथा २९ गते
ताम्सालिङमा आमहड्ताल गरिने छ ।
मोर्चामा ३० वटा दल आवद्ध
भएको दावी गरिएको छ ।
संविधानसभामा रहेको १९ दल त्यस
गठबन्धनमा आवद्ध छन् ।

0 comments:
Post a Comment