Home » » हिमानीलाई राष्ट्रपतिमा उठाइने !

हिमानीलाई राष्ट्रपतिमा उठाइने !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

११ साउन, काठमाडौं । एमाले र एमाओवादीले उठाउँदै
आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको
मुद्दामा सहमति जनाउन कांग्रेसमाथि निक्कै ठूलो
दबाब परेको छ ।
आजको तरुण साप्ताहिकमा खबर छ खासगरी छिमेकी
मुलुक भारतको सत्तारुढ भारतीय जनता पार्टीका
नेताहरुबाट कांग्रेसमाथि यस्तो दबाब आउनुलाई
रहस्यपूर्ण मानिएको छ । भाजपा दुई पिलर र
गणतन्त्रको धारमा विभाजित भएको बुझिन्छ ।
समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र
शाहको केही समय अघिको तारन्तार भारत भ्रमण र
भारतको एउटा लबीद्धारा प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रमुखको वकालत संयोगमात्र होइन ।
केही समय अघि पूर्व राजालाई भाजपका नेताहरुले
पुनर्वहालीको लागि तत्कालै जनमत नभएको र जनमत
जुट्न अझै केही वर्ष लाग्न सक्ने जवाफ दिएको समाचार
आएको थियो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका व्यवस्था
संविधानमा राख्ने र पूर्वराजा शाहलाई
राष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जिताउने
रणनीति नेताहरुले बनाएको बुझिएको छ ।
पूर्व राजा शाह र पूर्व युवराज्ञी हिमानी शाहमध्ये
जसलाई अघि बढाउँदा चुनाव जित्न सजिलो हुन्छ
उसैलाई अघि बढाउने रणनीति उनीहरुले बनाएको
समाचार स्रोतले जनाएको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको
प्रावधान संविधानमा राखिए ज्ञानेन्द्रलाई चुनाव
लडाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको
व्यवस्था गरिए हिमानीलाई उम्मेदवार बनाउने
रणनीति तय गरिए उनी नै अन्य उम्मेदवारभन्दा पपुलर
हुने एकथरीको विश्लेषण छ ।
khabardabali बाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved