Home » , » भ्यागुताको जुस बिभिन्न रोगहरूका लागी रामबाण अाैषधी

भ्यागुताको जुस बिभिन्न रोगहरूका लागी रामबाण अाैषधी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

लीमा,तपाइँ तनावसंग जुधिरहनु भएको छ? सेक्सी फील गरिरहनु भएको छैन? यस्ता बिभिन्न प्रकारका रोगहरूको उपचार यहाँका स्थानीय मानिसहरूसंग रहेको छ । उनीहरू एक लुप्तप्राय भैसकेको भ्यागुताको रस यी सबै रोगहरूका लागी रामबाण औषधी हुने दावी गर्दछन, यद्दपी, यस कुराको कुनै प्रकारको वैज्ञानिक प्रमाण भने छैन तर पनि यहाँका स्थानीय नागरिकहरूलाइ यस कुरामाथि पूर्ण विश्वास रहेको छ । यसै विश्वासको परिणामस्वरूप पेरूवासी टेलमेटोबियस क्यूलस प्रजातिका भ्यागुताहरूको प्रयोग गर्दछन, जुन सुदुर लेक टिटि‍लिकाकाको पानीमा पाउने गरिन्छ र यसलाइ इन्टरनेशनल यूनियन फर कन्जरभेशन अफ नेचरले निकै समय अघि लुप्तप्राय घोषित गरिसकेको थियो । पेरू र बोलीभियामा भ्यागुताकलाइ एक जूसको महत्वपूर्ण अंग मानिन्छ । जसले अस्थमा, ब्रोन्काइटिस, कमजोरी र कामेच्छाको कमीको लागी उपचारमा प्रयोग गरिन्छ । आफ्नो पसलमा भ्यागुताको मिश्रण बनाउनका लागी पेरूको राजधानीमा रहेकी पसले मारिया एलीना क्रूज एक सानो तलाउबाट भ्यागुता समाउँदछिन र पसलमा ल्याएर मार्दछिन, ‍त्यसपछि त्यसको छाला निकालेर भ्यागुतालाइ एक ब्लेन्डरमा राख्छिन, जसमा उनी गाजर, मह र मिलाउँछिन । त्यसपछि उक्त जुस तयार हुन्छ । उक्त जुस बिभिन्न प्रकारका रोगहरूको उपचार गर्ने बिश्वासका साथमा रोगीलाइ खान दिन्छिन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved