Home » » मलेसियामा होस्टलबाटै ९ नेपाली प्रक्राउ

मलेसियामा होस्टलबाटै ९ नेपाली प्रक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अवौधानिक आप्रवासी कामदारमाथि धरपकड
तीव्र पारेको मलेसिया प्रहरीले होस्टलबाटै ९
नेपाली श्रमीकलाई पक्राउ गरेको छ ।
मलेसियाको व्यापारिक केन्द्र पिजेबाट
उनीहरुलाई मलेसियन प्रहरीले पक्राउ गरेको हो ।
एलएलएच कन्ट्राक कम्पनीमा कार्यरत
उनीहरुको भिसा कम्पनीले नविकरण
नगरेपछि अवौधानीक बनेका थिए ।
पक्राउ पर्नेमा अर्घाखाँचीका पुर्ण विष्ट,
कपिलबस्तुका यामप्रकाश गैरे र शालिकराम
बन्जारी, सिन्धुलीका नरबहादुर मगर,
धनुषाका नरेन्द्र मण्डल र उमा शंखर,
सप्तरीका सुरज साह सप्तरी, दाङका रुपलाल
माझी र सिराहाका गोवद्र्धन साह रहेका छन् ।
उनीहरुलाई शनिबार प्रहरीले होस्टलमै आएर
पक्राउ
गरेको उनीहरुका साथी सल्यानका विनोद
डाँगीले जानकारी दिए । उनीहरु ४
महिना अघिबाट काम नपाएर
विचल्लीमा परेका थिए । उनीहरुका अन्य
साथी होस्टेलमा नभएकाले पक्राउ
नपरेको डाँगीले वताए ।नेपालको नुर
अर्पचुनिटी ओभरसिजबा २ वर्ष अघि ‘सिपायर
होल्डिङ्ग कम्पनी’ सेरेम्वानमा काम गर्न
आएपनि उनीहरुलाई एलएलएच कन्ट्राकमा काम
लगाइएको थियो ।
कम्पनीले काम नदिई भिसा नविकरण नगरेपछि घर
फर्कन नसकेका उनीहरु अवौधानिक बन्न बाध्य
थिए ।नुर ओभरसिजका प्रवन्धक तिलक रानाभाट
मलेसिया आएर ४० नेपालीलाई तत्कालै नेपाल
फर्काए पनि अन्य कामदार भने फर्काउन
सकेका छैनन् । उनीहरुले आफूहरुलाई रिहा गराएर
नेपाल फर्काइदिन आग्रह गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved