Home » » एमालेले बनाउने एघार तले भवन...

एमालेले बनाउने एघार तले भवन...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं-नेकपा एमालेको केन्द्रीय कार्यालय भवन
निर्माण गर्ने विषयमा छलफल सुरु भएको छ।
पार्टी मुख्यालयको हालको भवन साँघुरो भएकाले
नयाँ भवन बनाउन पार्टीभित्र छलफल सुरु भएको हो।
तल्कालीन अध्यक्ष झलनाथ खनाल
प्रधानमन्त्री भएका बेला २०६८ सालमै
नयाँ भवनका शिलान्यास भएको थियो।
त्यतिबेला २५ देखि ३० करोड रुपैयाँमा भवन निर्माण
पूरा हुने खाका बने पनि रकम जुट्न नसक्दा काम
अगाडि नबढेको एमालेका एक नेताले बताए।
महासचिव ईश्वर पोखरेलले पुस पहिलो साता केन्द्रीय
कमिटी बैठकमा कार्ययोजना प्रस्तुत गर्दै केन्द्रीय
कार्यालय व्यवस्थापनको विषयलाई उठाएपछि भवन
निर्माणको चर्चा सुरु भएको हो। महासचिव
पोखरेलको कार्ययोजनामा २०७२ भित्र पूरा गर्नुपर्ने
काममा पार्टी कार्यालय व्यवस्थापन पनि छ।
महाधिवेशनअघि नै एमालेले पोलिटब्युरो सदस्य विष्णु
रिमालको संयोजकत्वमा गठित कार्यदलले
पनि आधा शताब्दीको आवश्यकतालाई हेरेर
पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न
सुझाव दिएको हो। ‘स्थायी कमिटीका सदस्य
तथा विभाग सबैका लागि अहिले पर्याप्त ठाउँ छैन,'
पोलिटब्युरो सदस्य रिमालले नागरिकसँग भने, ‘त्यसैले
तत्काल कार्यालय भवन निर्माण गर्न आवश्यक
भएको छ।'
रिमाल नेतृत्वको कार्यदलमा इन्जिनियरिङ अध्ययन
संस्थानका पूर्व डिन भरत पहारी र एमाले सभासदसमेत
निर्माण व्यवसायी इच्छाराज तामाङ सदस्य थिए।
कार्यदलले अहिले केन्द्रीय कार्यालय परिसरभित्रै
टावर निर्माण गर्ने
वा फराकिलो जग्गा भएको स्थानमा गएर
कार्यालय बनाउने दुइटा विकल्पसहित सुझाव
दिएको थियो।
हाल कार्यालय रहेको स्थानमा भवन निर्माण गर्ने
हो भने ११ तला अग्लो टावर निर्माण गर्नुपर्ने
कार्यदलको सुझाव छ। एक
वर्षअघि त्यस्तो भवनका लागि १५ करोड
रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
‘अहिले केन्द्रीय कार्यालय रहेको भवनलाई नचलाई र
प्रचार विभाग कार्यालय रहेको स्थानमा टावर
बनाउनुपर्ने हुन्छ,' रिमालले नागरिकसँग भने,
‘नयाँ ठाउँमा भवन बनाउने हो भने रिङरोडबाट ३–४
किलोमिटर पर नहुने
गरी सस्तो जग्गा भएको स्थानमा धेरै भवन निर्माण
गर्न सकिन्छ।' उनले सिंहरदबार जस्तो कार्यालय
परिसर बनाउने सुझाव दिएका छन्।
नयाँ भवनमा केन्द्रीय कमिटी, पोलिटब्युरो,
स्थायी कमिटी बैठक आयोजना गर्न छुट्टाछुट्टै
सभाहल, विदेशी पाहुनालाई भेट्ने छुट्टै भवन, लिफ्ट र
वातानुकूलित कोठा बनाउने योजना छ।
अहिले उपाध्यक्षहरूका लागि एउटै कोठा रहेको छ भने
अन्य पदाधिकारीका लागि उनीहरूले नेतृत्व गर्ने
विभागको कोठा व्यवस्थापन गरिएको छ।
त्यति बेला महासचिवको एकल
नेतृत्वमा पार्टी सञ्चालन हुने गरेको थियो। अहिले
पार्टी बहुपदीय बनेको छ।
अहिलेको कार्यालय २०५१ सालमा बनेको हो।
एमालेले सरकारको नेतृत्व गरेका बेला तत्कालीन
उपमहासचिव वामदेव गौतमको नेतृत्वमा भवन
बनेको हो। प्रख्यात वास्तुविद शंकरनाथ
रिमालको डिजाइनमा पहिलो तल्ला बने पनि अन्य
भने नेता वा ठेकेदारले आफूखुसी बिस्तार
गरेको जानकारहरू बताउँछन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved