भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,माघ १३ – स्वदेशमा काम नपाएको भन्दै
दैनिक १५
सयभन्दा बढी नेपाली युवा बिदेसिइरहँदा नेपालमै
काम गर्न आउने विदेशी पनि उल्लेख्य छन् ।
धेरैजसो नेपाली खाडी मुलुकमा जस्तो काम गर्छन,
ठीक त्यस्तै अर्थात निर्माण क्षेत्रमा आउने
कामदारको संख्या निकै बढेको छ ।
नेपालका ठूला परियोजना विदेशी ठेकेदारमार्फत
कार्यान्वयन हुन
थालेपछि विदेशी कामदारका लागि पनि नेपाल
आकर्षक गन्तव्य बनेको हो ।
श्रम विभागको अध्ययनअनुसार नेपालमा करिब ५०
हजार विदेशी कामदार छन् । तीमध्ये अधिकांश
निर्माण क्षेत्रमा छन् । सेवा क्षेत्रमा पनि विदेशी धेरै
छन् । यो संख्या भारतीयबाहेकको हो ।
खुला सीमा, समान संस्कृति तथा रहनसहनका कारण
औपचारिक क्षेत्रमा काम गर्ने भारतीय र
नेपाली कामदारको अन्तर छुट्याउन सकिँदैन् ।
विभागका अनुसार नेपालमा कार्यरतमध्ये करिब २०
प्रतिशत (१० हजार) विदेशी कामदारले मात्र
श्रमस्वीकृति लिएका छन् । कानुनतः सबै
विदेशी कामदारले श्रम विभागबाट
पूर्वस्वीकृति लिएरमात्र काम गर्नुपर्ने प्रावधान छ ।
श्रम ऐनमा कूटनीतिक सुविधा पाउने व्यक्तिबाहेक
अन्य कर्मचारी–कामदारले अनिवार्य
रुपमा श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ ।उनीहरुलाई
काममा लगाउनुको कारणबारे पनि रोजगारदाताले
स्पष्ट खुलाएर विभागमा निवेदन दिनुपर्छ ।
0 comments:
Post a Comment