Home » » सेलिब्रेटी भएपछि अरुले भन्दा १० गुना बढी सोच्नुपर्छः माल्भिका सुब्बा

सेलिब्रेटी भएपछि अरुले भन्दा १० गुना बढी सोच्नुपर्छः माल्भिका सुब्बा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


मिडियामा माल्भिका सुब्बाको नाम सुनिन
थालेको १२ वर्ष बित्यो । सन् २००२ मा मिस नेपालको ताज
जितेपछि उनी मिडियाको संसारमा घुलिन् । १२
वर्ष बित्दा पनि मिस नेपालकै उपलब्धिबाटै पूर्व
मिस नेपाल वा मोडलको परिचयले
बढी चिनिन्छिन् । तर माल्भिकालाई
सबैभन्दा चित्त नबुझ्ने पक्ष नै यही हो । उनी कारण
खुलाउँछिन्, मिस नेपाल त म १२ वर्ष
अघि भएको हो नि । त्यसपछि मैले धेरै क्षेत्रमा काम
गरेको छु । म मोडल नभइकन ब्राण्डको प्रमोशन गर्ने
एम्बेसडर    हुँ। उनको परिचय मिस नेपाल वा मोडलले 
नपुग्ने परिचय हो । टेलिभिजन प्रस्तोता, स्टेज कार्यक्रम
प्रस्तोता, ब्राण्ड एम्बेसडर,सिनेमाकी नायिका जस्ता 
परिचयबाट उनलेआफ्नो परिचयका दायरो फराकिलो 
बनाएकी छिन्। हालउनी एउटा सिनेमाको कार्यकारी
 निर्माता बनेकी छिन्।
सिनेमासँग जोडिनुको कारण माल्भिकाले
सुुनाइन्,‘मेरो सानो बेलाको सपना टेलिभिजन
थियो । मिस नेपाल भइसके पछि धेरै
फिल्मको लागि अफर त आए तर मैले प्राविधिक
देखि कलात्मक पक्षको कुरामा कमजोरी पाएर
काम गरिन । आठ वर्ष अघि म
इन्डियामा टेलिभिजनमा काम गर्दा निलुसँग –
हाउफन्नी की निर्देशक) भेट भएको थियो ।
त्यतिबैलै हामीले चलचित्रमा सँगै काम गर्ने
निधो गरेको थियौं । ब्यानरको नाम
पनि हामीले त्यतिबेला नै सोचेका थियौं ।
पछि मैले २००८ मा एउटा फिल्ममा काम गरेँ । अनुप
बरालसँग अभिनयको कोर्स पनि गरेँ । २००८ तिर
नेपाली फिल्ममा रिभोलुसन पनि बिस्तारै आउन
थाल्यो । २०१० मा नबिन सुब्बाले गुडबाई
काठमाण्डौंका प्रस्ताव राख्नुभयो ।
सोहि क्रममा सुवर्ण थापा र निलुको भेट
पनि भयो र निलुले नेपालमै कामगर्न थालिन् ।
त्यसपछि एक दिन निलुले एउटा ‘लभस्टोरी’लिएर
आइन् तर मैले त्यो नहुने बताएँ । पछि यो हाउ
फन्नीको कथा मिलेपछि हामी अहिले
लामो गृहकार्य पश्चात फ्लोरमा छौं ।’
नेपाली सिनेमा नचलेको अवस्थामा जोखिम मोल्न
आएकी माल्भिका सुब्बा आफ्नो पहिलो मेहनत
हिट बनाउनभन्दा सबैले मन पराउन् भन्ने
चहना राख्छिन् । उनी आफ्नो लगानी मात्र
उठेमा ढुक्क हुने बताउँछिन् । तर उनी आफ्नो नाम र
दयाहाङ राई लगायतका कलाकारको स्टारडमले
सिनेमाचल्छ भन्नेमा ढुक्क छिन् ।
नेपाली फिल्ममा भर्खरै प्रयोग हुन
थालेका नयाँ ट्रेन्डका सिनेमा नचल्नुमा सुब्बा बलिउड
प्रतिको अभ्यस्ततालाई कारक मान्छिन् ।
उनी नेपालमा सिनेमालाई कलात्मकतालाई
भन्दा मनोरञ्जनको रुपमा मात्र लिइने परम्पराले
नयाँ स्वादका फिल्म नचल्नुको कारक मान्छिन् ।
सुब्बा नेपाली मिडियाले गसिपलाई
भन्दा सिनेमाको भ्यालुलाई
प्राथमिकता दिनुपर्ने तर्क राख्छिन् ।
उनी भन्छिन्,‘मैले देखेको चलचित्रको बारेमा लेखिने
३० भन्दा बढी वेबसाइटहरु छन् । ती सबै खोलेर हेर्ने
हो भने ९० प्रतिशत भन्दा माथिको त समाचारएउटै
 खालको हुन्छ ।’ उनी नेपाली सिनेमा क्षेत्रको बिकास र
देशको स्थितीलाई एउटै कोटीमा राख्छिन् ।
उनी भन्छिन्,‘देशको बिकास भयो भने
सिनेमा क्षेत्रको बिकास पनि स्वतः हुन्छ ।
देशको सिनेमा पत्रकारिता र सिनेमा क्षेत्र
देशको लिडरसिप जस्तै भएको छ । किनकी सबै उउटै
समयमा जन्मेकाले लिडरसिपमा द्वन्दजन्मिएको छ ।
सबै चल्लाहरु एकैसाथ हुर्किएर कुखुरामा परिणत भएर
सबैले ‘मै खतरा’भन्दात्यहाँ कन्फ्लिक्ट जन्मिन्छ ।’
शहरमा छ्याप्छ्याप्ती हुने ब्युटी पेजेण्टहरुले उत्पादन
गर्ने ब्युटीहरुलाई ‘ब्युटी विथ ब्रेन’नाम दिन्छन् । सन्
२००२ मा मिस नेपालको ताजपहिरिएकी माल्भिका सुब्बा
 यसनारा प्रति सकारात्मक छैनन् । उनी भन्छिन्,‘ब्रेन त
सबैको हुन्छ, खासमा ब्युटी विथ इन्टेलिजेन्स हो ।
मैले यसमा केही बोल्नु उचित हो भन्ने लाग्दैन ।’
थिएटरको क्लास लिएकी माल्भिकाले
नेपालमा मेहनतको हिसाबले उत्कृष्ट पाँच
कलाकारमा तपशिललाई देख्छिन्,‘दिया मास्के,
सौगात मल्ल, दयाहाङ राई, नम्रताश्रेष्ठ, प्रियंका कार्की ।’
१२ वर्ष सम्म बरोबर पाइरहेको माया र सद्भावलाई
माल्भिकाले आफ्नो ठूलो उपलब्धि मान्छिन् । १२
वर्षमा उनलेभोगेको नराम्रा कुरामा आफ्नो व्यक्तिगत
कुरालाई पत्रकारलेनराम्रो इस्युको रुपमा उठाइदिँदा होस्
या साना कुरालाई अनलाइन मिडियालेठूलो गसिप बनाउनु वाहियात लाग्छ ।जीवन भोगाइलाई उनले
बुझ्दा उनी आफुमा जस्तोसुकै कामपनि सहजै गर्न
सक्ने खुबि भएको पाउँछिन् ।
ध्यान र योग गर्न गाह्रो लाग्ने बताउने
माल्भिका आत्मविश्वासले नै आफ्नो करियरलाई
टिकाएको बताउँछिन् ।
तनाव भएको बेला गित सुन्नु,सिनेमा हेर्नु, कपाल
काटनु, कपाल कलर गर्नुलाई उनी आफ्नो ‘स्ट्रेस
म्यानेजमेण्टको थेरापि’ मान्छिन् ।
सामाजिक सञ्जालको बिस्तार
भएपछि सेलिब्रेटी भएर बाँच्न गाह्रो हुने बताउने
माल्भिका सेलीब्रेटिहरुलाई एक्लै नबस्न,
आफ्नो प्राथमिकता चिन्न र
आफ्ना क्रियाकलापमा अन्यमानिस भन्दा १०
गुनाबढी सोच्नुपर्ने सुझाव दिन्छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved