Home » » अज्ञात स्थानबाट फोन आएपछि सहमति भाँडियोः पोखरेल

अज्ञात स्थानबाट फोन आएपछि सहमति भाँडियोः पोखरेल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काभ्रे,माघ– एमाले महासचिव ईश्वर पोखरेलले
संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
जिम्मेवार रहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध
युवासंघको कार्यक्रमलाई शनिबार
यहाँ सम्बोधन गर्दै उनले संविधानका विवादित
विषयमा जुटिसकेको सहमति प्रचण्डकै कारण
भाँडिएको बताए । विवाद सहमतिनजिक
पुगिसेकका बेला अज्ञात स्थानबाट एक कल फोन
आएपछि प्रचण्डले वार्ता भाँडेको आरोप उनको छ ।
‘जहिले पनि कुरा मिल्न लागेका बेला प्रचण्डलाई
फोन आएपछि सहमति भाँडिन्छ’, पोखरेलले भने,
‘यसपटक पनि विवादित विषयमा सहमति नजिक
पुगिसकेका बेला आएको एक कल फोनले
सहमति भाँडियो ।’ टेलिफोन आउनुअघि सहमतिका लागि तयार भएका प्रचण्डले
त्यसपछि बोली फेरेको दाबी पोखरेलको छ ।
यद्यपि फोन कताबाट आएको भन्नेबारे उनले खुलाएनन् । महासचिव पोखरेलले एमाओवादी र
मधेसवादी दलको अवरोधकैबीच आइतबारबाट बहुमतीय प्रक्रियाबाट संविधान निर्माणको बाटो खुल्ने
दाबी गरे । पोखरेलले प्रक्रियाबाट संविधान जारी गर्न
राजी नभएसम्म एमाओवादी र उसको मोर्चामा आवद्ध दलसँग वार्ता हुन नसक्ने प्रष्टयाए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved