भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दाँत मानव शरीरको एक महत्वपूर्ण अंग हो । दाँतले
खानेकुरा चपाउने काम मात्र गर्दैन । यो मानव
मुहारको आभुषण पनि हो । तसर्थ दाँतले खानेकुरा चपाउने काम मात्रै गर्दैन, यसले मानिसलाई
सुन्दर बनाउने काम पनि गर्छ । मुखमा टम्म र लहर मिलेको दाँत छ भने मानिस त्यसै सुन्दर देखिन्छ । दाँत छैन भने मानिस उमेर नै नपुगिकन पनि बुढो मानिस जस्तो देखिन्छ । दाँत स्वस्थ र
आकर्षित बनाई राख्न यसको उपयुक्त हेरविचार गर्नुपर्ने
हन्छ । राम्ररी हेरविचार गरेन भने, दाँतमा कीरा लाग्छ, दाँत बिग्रन सक्छ । दाँतलाई बलियो तथा आकर्शित बनाइराख्न के के गर्नुपर्छ, बुझी राखौं ।
१. प्रत्येक खानापछि दाँत माझ्ने गर्नु पर्छ ।
२. गुलियो खाने कुरा चकलेट,
चीनी लगायतका मीठाई खाएपछि राम्ररी दाँत
सफा गर्नुपर्छ ।
३. अमिलो धेरै नखाने ।
४. साह्रो खानेकुरा सुपारी, बदाम, मकै
जस्ता कुरा धेरै नखाने र खाएपनि थोरै खानुपर्छ ।
५. राति सुत्नु अगाडि र बिहान उठेपछि दाँत माझ्नु
पर्छ
६. दाँतमा कीरा लागिहाल्यो भने दाँतको डाक्टरलाई देखाइहाल्नुपर्छ।
0 comments:
Post a Comment