भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । सार्वजनिक कार्यक्रममा उपस्थित
हुँदा महिलाको सम्मान गर्नुपर्छ भन्नेमा सबै
भन्दा चर्को स्वरमा बोल्न पछि पर्दैनन् नेपाली नायक
।
तर , तिनै नायकहरु मध्ये केही यस्ता पनि छन् जसले घर
सम्हाल्न नसकेर आधा उमेर ढल्केपछि दोस्रो बिहे गर्छन्
। पुराना नायक शिब
श्रेष्ठदेखि पछिल्लो समयका निखिल उप्रेतीसम्मले दुई
बिहे गरेका छन् ।
दुई पटक बिहे गरेर पनि बुढेशकालमा एक्लो जीवन
बिताउने नायकको रुपमा चिनिन्छन् भुवन केसी ।
परिवारमा बिबाद भएर
जेठी श्रीमति अमेरिका गएपछि भुवनले
सुस्मिता लामासँग दोस्रो बिहे गरे । भुवनसँग बिबाह
गरेपछि सुस्मिताले करोडपति , सुपरस्टार, तँ त सार्है
बिगरिस नि बद्री लगायतका फिल्ममा अभिनय
पनि गरिन् ।
भुवन र सुस्मिताका छोरा अनमोल केसी अहिले
नेपाली चलचित्रका चकलेटी नायकका रुपमा चिनिन्छन्
। भुवन सुस्मिताले भने औपचारिक रुपमा सम्बन्ध बिच्छेद
गरिसकेका छन् । आजकल उनको नाम
आफुभन्दा आधा उमेर कमकी जिया केसीसँग जोडिने
गरेको छ ।
भुवनकै समकक्षी नायक शिब श्रेष्ठले
पनि जेठी श्रीमतिसँग बिबाह गरेको ३०
वर्षपछि दोस्रो बिहे गरेका थिए । अनिल
संग्रौला निर्देशित चलचित्र ‘ मालती ’
को सुटिङमा क्रममा चितवनमा भेटिएकी सिर्जनासँग
श्रेष्ठले प्रेम बिबाह गरेका थिए ।
उनकी श्रीमति जेठी छोरी मोडल सोना श्रेष्ठ
भन्दा कम उमेरकी छिन् ।
कोपीला उप्रेतिसँग प्रेम बिबाह गरेका निखिल
उप्रेतीले अभिनेत्री सञ्चिता लुइटेलसँग
दोस्रो बिबाह गरेका छन् । आकाश शाहसँग
पहिलो बिहे गरेकी सञ्चिताले पनि निखिलसँग
दोस्रो बिहे गरेकी हुन् । अहिले सञ्चिता दुई
छोराको आमा बनेकी छिन् भने कोपीलाले पनि एक
छोरालाई जन्म दिएकी छिन् ।
पुराना अभिनेता कृष्ण मल्लको पनि शर्मिला मल्ल
कान्छी श्रीमति हुन् । जेठी श्रीमतिसँग सम्बन्ध
बिच्छेदपछि नाटकमा अभिनय गर्ने क्रममा कृष्ण मल्ल र
शर्मिलाले प्रेम बिबाह गरेका थिए ।

0 comments:
Post a Comment