Home » » ‘सभाध्यक्ष नेम्वाङसँग रिसाएर प्रधानमन्त्री बाहिरिनुभो’-नेपाल

‘सभाध्यक्ष नेम्वाङसँग रिसाएर प्रधानमन्त्री बाहिरिनुभो’-नेपाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

९ माघमा संविधानसभा बैठक शुरु हुनासाथ
एमाओवादी मोर्चाका सभासद्हरुले नाराबाजीसहित रोष्टम घेर्न पुगेपछि प्रधानमन्त्री सुशील कोइराला बैठक हलबाट बाहिरिएका थिए । प्रधानमन्त्री कोइराला त्यो दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग रिसाएर बैठकबाट बाहिरिएको एमालेका बरिष्ठ
नेता माधवकुमार नेपालले खुलाए ।
१२ माघमा प्रेस चौतारी नेपालले
काठमाडौंको बागबजारमा आयोजना गरेको
अन्तरसम्वाद कार्यक्रममा नेपालले भने,
‘‘विपक्षीहरुको सल्लाह अनुसार बैठक स्थगित गर्न
सभाध्यक्षले तयारी गरेको बुझेर
प्रधानमन्त्री रिसाउनुभएछ ।’’
सहमति नगर्ने अनि सहमतिका लागि भन्दै समय
लम्ब्याउने रणनीतिमा लागेको एमाओवादी मोर्चालाई
सभाध्यक्षले दुई दिनको समय
दिएपछि प्रधानमन्त्री रिसाएको नेता नेपालले
बताए । उनले भने, ‘‘सभाध्यक्ष कोमल मनको हुनुहुन्छ, सहमतिको लागि दुई दिनको समय दिनुहोस्
भनेपछि बैठक स्थगित गर्नुभो ।’’
५ माघको मध्यरातमा मोर्चाका सभासद्हरुले
प्रधानमन्त्री कोइरालालाई पनि मुक्का हानेको नेपालले बताए । ‘‘प्रधानमन्त्रीजस्तो मान्छेले मलाई पिट्यो भन्दै हिड्नु भएन् । सम्वाद भइरहकै
बेला विपक्षीको मुक्का खाएपछि प्रधानमन्त्री
रिसाउदै जानुभएको थियो’’, नेपालले भने ।
तर, दुई दिनको समय मागेको मोर्चाले फेरि १० दिन
भनेपछि सभाध्यक्षले प्रक्रिया अघि बढाएको उनले
बताए । नेपाली जनता भन्दा पनि अरु
कसैको इरासामा मोर्चा चलेकाले दश दिनको समय
मागेको हुन सक्ने नेपालले अनुमान गरे । उनले भने,
‘‘नेपालको निर्णय अरु कसैले गर्ने होइन,
हाम्रो निर्णय गर्न हामी नै काफी छौं ।’’
छुटेको प्रेम फेरि जोडिएको फिल्म हेर्न जान्छौं
नेता नेपालले मोर्चाभित्रै सहमति नहुने
अवस्थामा प्रक्रियाबाट टुंग्याउन चाहनेहरु
पनि भएको भन्दै बार्तालाई अघि बढाउने बताए ।
उनले मोर्चाकै नेता विजय गच्छेदारको प्रस्ताव उपयुक्त
भएकाले त्यसैमाथि छलफल हुनसक्ने बताए ।
सञ्चारकर्मीहरुलाई नेता नेपालले भने, ‘‘कुनै
त्यस्तो फिल्म छ भने भनिदिनुहोस् । जहाँ छुटेको प्रेम
फेरि जोडिएको होस् । म दाहालसँगै फेरि फिल्म हेर्न
जान्छु ।’’ नेता नेपालले विगतमा माओवादीलाई धेरै
पुल्पुल्याएकाले अव त्यस्तो गर्न नसकिने बताए । उनले भने, ‘‘राजनीतिमा समय महत्वपूर्ण हुन्छ,
केहीअघि कांग्रेस र एमालेबीच नौ बुँदे
सहमति हुँदा विपक्षी चाहिने भन्दा बढी बिच्किए
।’’ एमाओवादीका अध्यक्ष पुष्पकमल
दाहालको हतारमा निर्णय गर्ने बानीले सँधै
फुर्सदमा पछुताउनु परेको र अब त्यस्तो गल्ती नगर्न उनले आग्रह गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved