भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सेक्सी फिगरका कारण चर्चामा रहने गायिका हुन् इन्दिरा जोशी । उनको स्वर जती स्टेजमा बिक्छ, त्यो भन्दा बढी सेक्सी फिगर । स्वरसँगै कम्मर मर्काउन सिपालु भएकै कारण इन्दिराको माग देश र विदेशमा पनि बढेको छ । यी अविवाहित सुन्दरी इन्दिरा जोशी प्रेम बिबाह गर्ने बताउँछिन् । घरमा उनका ३ जना दिदीको मागी बिबाह भएकाले आफूले प्रेम बिबाह गर्ने सोच उनले बोकेकी छिन् । त्यसो भए के इन्दिराको प्रेमी छन् त, भनिन्-‘यो क्षेत्रमा लागेका मानिसलाई वुझिदिने कुनै पुरुष आएका नै छैनन् । यसैले, प्रेमी पाउँन गाह्रो छ ।’ इन्दिराको जीवनमा कुनै केटा नआएका भने होइनन् । उनका दाईको मिल्ने साथीले उनलाई मन पराउाथे । ब्याचलर पढ्ने समयमा इन्दिरा एक पुरुषसँग डेटमा गएकी पनि थिइन् । तर, २ महिनामै प्रेमी विदेश गएपछि प्रेममा ब्रेक लाग्यो । लायक केटाको खोजीमा रहेकी इन्दिराले उनको जीवनमा आउन चाहनेका लागि केही बिशेषताको सूची पनि फर्माएकी छिन् । उनलाई अग्लो केटा मन पर्छ । कारण, उनी अग्लो केटासँग हातमा हात वाँधेर हिल जुत्ता लगाएर हिड्न चाहन्छिन् । प्रेम गर्ने मानिसको खोजी गर्ने यी सुन्दरी केटासँग नजिक हुन भने नसक्ने बताउँछिन् । स्कुल पढ्दा उनले कुइनाले हिर्काउने केटा खुबै कुटेकी छिन् । यो क्रम काठमाण्डौ आएपछि पनि नरोकिएको इन्दिरा भन्छिन् । इन्दिरा जोशीसँगको ‘कफी गफ’ शुक्रबार अनलाइनखबरमा प्रकाशन हुने छ ।
0 comments:
Post a Comment