Home » » एमाओवादीद्वारा आन्दोलनको घोषणा, आन्दोलनको कमाण्डर को को भए ?

एमाओवादीद्वारा आन्दोलनको घोषणा, आन्दोलनको कमाण्डर को को भए ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, माघ १८ । एकीकृत माओवादीले सत्तारुढ
दल कांग्रेस र एमालेले आफ्नो कुरा नसुनेको भन्दै
आन्दोलनमा जान कमाण्डर तोकेको छ ।
जनतासमक्ष आफ्ना कुरा सुनाउने भन्दै
तोकिएका कमाण्डरहरुमा एमाओवादीका शीर्ष
तीन नेता रहेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मध्य, नेता डा.
बाबुराम भट्टराईलाई
पश्चिम र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई
पूर्वी क्षेत्रको सडक संघर्ष चर्काउन
जिम्मेवारी तोकिएको हो ।
पार्टी मूख्यालय
कोटेश्वरमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै
एमाओवादीले सत्तारुढ दलले सहमति गर्नै नचाहेको र
माओवादीलाई समूल रुपमा सिध्याउने षडयन्त्र
थालिएको आरोप लगाएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले अबको फैसला जनताले नै गर्ने
निष्कर्ष सुनाए । संविधानका अन्तरवस्तुमा सत्तारुढ
कांग्रेस–एमालेका सबै कुरा मान्दा पनि उनीहरुले
सहमति नगरेको आरोप प्रचण्डको थियो ।
आन्दोलन अन्तर्गत २२, २३ र २४ गते कार्यकर्तालाई
प्रशिक्षण दिइने छ ।
सहमतिका आधारमा संविधान जारी गर्न माग गर्दै
एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले फागुन १६
गतेसम्म पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved