भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २ चैत । एकीकृत नेकपा माओवादीका
नेता नन्दकिशोर पुन पासाङले सत्तारुढ कांग्रेस-
एमालेले पेल्न खोजे आफूहरु जनताको अधिकारका
लागि फेरि हतियार उठाउने चेतावनी दिनुभएको छ ।
माओवादी सेनाका पूर्व कमाण्डर समेत रहेका नेता
पासाङले सोमबार राजधानीमा आयोजित
माओवादी आन्दोलन पुनर्गठन अभियान घोषणा
सभामा बोल्दै एमाओवादी हतियार बोकेको
अनुभवी पार्टी भएकाले कमजोर नठान्न चेतावनी
दिनुभएको हो ।
उहाँले भन्नुभयो-‘विगतमा पनि अधिकारका लागि
राज्यसंग लड्यौं, विगतको अनुभव क्षमता र योग्यताले
हामी कमजोर छैनौं, परेको खण्डमा माओवादी फेरि
हतियार उठाउन तयार छ ।’
शान्तिपूर्ण आन्दोलनमा लाठी उठाउनु
एमाओवादीको नैसर्गिक अधिकार हो भन्दै अब
एलएमजी, इन्सास र एके-४७ जस्ता हतियार उठाईने
नेता पासाङको भनाई छ ।
माओवादीहरु निरन्तर फुटिरहेकाले विगतको
आन्दोलनको उपलब्धि धरापमा परेको भन्दै पासाङले
इमान्दारीपूर्वक सबै माओवादी मिलेर एकीकरण
प्रक्रियाबाट ठुलो शक्ति बनाउनुपर्ने धारणा
राख्नुभयो ।
0 comments:
Post a Comment