भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तामिल चलचित्रका सर्वाधिक सफल नायक हुन्,
विक्रम । उनले अभिनय गरेको चलचित्र ‘आई’ ले हालै
मात्र बक्स अफिसमा सर्वाधिक कमाई
गरेको थियो । यो चलचित्रलाई नेपालमा पनि खुबै
रुचाइएको थियो ।
उनै विक्रम नेपाल आएका छन् । उनी आफ्नो नाम तय
नभैसकेको नयाँ चलचित्र छायांकनका लागि नेपाल
आएको वुझिएको छ । चलचित्रको छायांकन
काठमाण्डौको साथमा पोखरा, भक्तपुरमा गरिनेछ ।
चलचित्र छायांकनका लागि यो यूनिट
तराइका विभिन्न जिल्लामा समेत जानेछ ।
चलचित्रका लागि नायक ज्याकी सौफ पनि नेपाल
आउने बताइएको छ । तर, उनी कहिले आउँछन्, तय
भैसकेको छैन । विक्रमले उत्कृष्ट नायकको रुपमा ६ पटक
फिल्म फेयर अवार्ड पनि जितेका छन् ।
उनले सेथु, ढिली,
जेमिनी लगायतका चलचित्रमा अभिनय
गरिसकेका छन् । उनले अभिनय गरेको चलचित्र
‘अपरिचित’लाई नेपाली दर्शकले पनि खुबै मन
पराएको पाइन्छ । उनका नेपालमा प्रशस्त फ्यान छन् ।
0 comments:
Post a Comment