भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कैलाली,फागुन २९ – बारामा बलात्कार
गरी हत्या गरिएकी ७
वर्षीया बालिका पूजा शाहको हत्यारालाई
फाँसी सजायको माग गर्दै शुक्रबार
कैलालीका विद्यार्थीहरुले वृहत जुलुस प्रदर्शन
गरेका छन् ।
अखिल क्रान्तिकारी जिल्ला समिति कैलालीले
नेतृत्व गरेको सो विरोध जुलुस
कैलाली बहुमुखी क्याम्पसबाट जिल्ला प्रशासन
कैलालीको गेटमा पुगेर कोण सभामा परिणत
भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै
एनेकपा माओवादीका जिल्ला नेता रमेश धामीले
बलात्कारीलाई तत्काल कारबाही र
फाँसीको सजाय नदिईए एनेकपा माओवादी र
अखिल क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर नबस्ने
बताए ।
उनले पछिल्लो समयमा बलात्कार र
महिलामाथि एसिड फाल्ने घटना मौलाउँदै गएकोले
यस्ता अपराधीहरुलाई सरकारले फाँसी दिनुपर्ने बताए
।
अखिल क्रान्तिकारीका केन्दी्रय सदस्य रमेश
भट्टराईले तत्काल बलात्कारीलाई फाँसीको सजाय
दिई पीडित परिवारलाई सरकारले क्षेतीपूर्ती नदिए
अखिल क्रान्तिकारीले आन्दोलनलाई शशक्त बनाएर
लैजाने चेतावनी दिए ।
बारा कलैयाकी ७
वर्षीया बालिका पूजा शाहको बलात्कारपछि
काठमाडौको कान्ति बाल अस्पतालमा मृत्यु
भएको थियो । बलात्कारीलाई कारबाहीको माग
गर्दै बाराबाट सुरु भएको आन्दोलन
कैलालीमा पनि चर्किएको छ ।
0 comments:
Post a Comment