Home » » अवैध हतियारसहित पाँच पक्राउ....

अवैध हतियारसहित पाँच पक्राउ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पोखरा १८ चैत्र ।पोखराको लेकसाईडबाट अवैध
हातहतियारसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अवैध
हतियार राखेको अभियोगमा लेकसाईडमा रहेको
होटल लोन्लीका सञ्चालक विवश पौडेल सहित अरु
चारजनालाई पक्राउ गरेको हो ।
अन्य पक्राउ पर्नेहरुमा अनिल परियार, हिरासिंह
गुरुङ , बल बहादुर विक र तेन्जिङ चुन्डु लामा रहेका छन् ।
पौडेलले आफु सुत्ने कोठामा पलङमुनी लुकाई राखेको
अवस्थामा एयर गन मोडलको एक थान पेस्तोल बरामद
गरिएको कास्की प्रहरीका प्रवक्ता केदार रजौरले
जानकारी दिए ।पक्राउ परेका सबैलाई हातहतियार
तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान
थालिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved