भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । गत शुक्रबार मलेसियामा गएको
शक्तिशाली भूकम्पबारे नयाँ–नयाँ अनुमान
गरिएका छन् ।
नेपालमा भूकम्प गएपछि विभिन्न अनुमान नगरिएका
होइनन् । तर मलेसियामा गएको शक्तिशाली
भूकम्पको अनौठो अनुमान गरिएको छ । हिमालका
संरक्षकहरुले आरोहणमा आएका पर्यटकहरुले किनाबालु
हिमालमा नाङ्गै भएर पिसाब फेरेका कारण
मलेसियामा शक्तिशाली भूकम्प गएको बताएका
छन् ।
उनीहरुले पर्यटकले नाङ्गै पिसाब फेरेको घटनाप्रति
आक्रोश समेत व्यक्त गरेका छन् । अन्तराष्ट्रिय
सञ्चार माध्यम द स्टारका अनुसार हिमालमा
पर्यटकहरु नाङ्गिएर पिसाब फेरेकाले पवित्र
हिमाली क्षेत्रलाई अपवित्र बनाइदियो, जसका
कारण हिमालको आत्मा बहुलाएर शक्तिशाली
भूकम्प आयो ।’
मलेसियाका स्थानीय हिमाललाई पवित्र स्थल
मान्छन् । हिमालमा चार महिला सहित १० जना
पर्यटकहरुले नाङ्गै पिसाब फेरेका थिए । यो फोटो
अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
हिमालको सबह पार्कका निर्देशक दातुक जमिली
नाइजले पार्कको नियमविपरित चार महिला र ६
पुरुष पर्यटकले कपडा खोलेर पिसाब फेर्दै फोटो
खिचेको बताए ।
स्थानीय गाइडले पिसाब फेर्न रोक लगाएपनि
पर्यटकहरुले उनलाई मुर्ख भन्दै गाली गरेका थिए ।
हिमालका गाइड तथा पर्यटकहरुलाई हिमालमा
नाङ्गिन प्रतिबन्ध छ । अधिकांश ती पर्यटकको
कडा आलोचना गर्दै गालि गरेका छन् ।
शुक्रबार मलेसियाको पश्चिम तटीय क्षेत्रलाई
केन्द्र बनाउँदै ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
गएको थियो । भूकम्पबाट ११ जनाको मृत्यु
भइसकेको छ । एजेन्सी
0 comments:
Post a Comment