भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चाङ्चुन, ३ साउन– चिनियाँ राष्ट्रपति सि
जिनपिङले सेनालाई कडा व्यवस्थापनका
साथ अगाडि बढाउँदै वर्तमान
परिस्थितिको सामना गर्नसक्ने
बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘अवको चिनियाँ सेनाले नयाँ परिस्थिति र
कामहरूको सजिलै सामना गर्नसक्नुपर्छ,’ उनले
१६ सेना समूहलाई शनिबार भेट्दै सो कुरा
बताएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय
महासचिव तथा केन्द्रीय सैन्य आयोगका
प्रमुख सी ले भने, ‘सेनाले सैन्य तालिम
लिइराख्नु पर्ने तथा लडाईका लागि सधैँ
तयारी अवस्थामा रहिरहनुपर्ने बताए ।’
उनको यो भ्रमण चिनियाँ सेना दिवसको
केही दिन अगाडि भएको हो । चीनले अगस्ट
१ लाई चिनियाँ जनमुक्ति सेना दिवसको
रुपमा मनाउँछ ।
सीले जनमुक्ति सेना तथा चिनियाँ
कम्युनिष्ट पार्टीका हैसियतमा सैनिक
जवानहरूलाई अवसरमा उक्त सन्देश दिएका हुन् ।
रासस/सिन्ह्वा
0 comments:
Post a Comment