भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । सैनिक सचिव विभागले सबै उच्च सैनिक
अधिकृत (जर्नेल, कर्णेल) को शैक्षिक प्रमाणपत्र र
नागरिकतामाथि अनुसन्धान गर्ने भएको छ। विभागले
प्रमुख सेनानीदेखि माथिल्लो तहका सम्पूर्ण सैनिक
उच्च अधिकृतलाई परिपत्र जारी गर्दै सक्कली शैक्षिक
प्रमाणपत्र र नागरिकता मागेको छ।
जंगी अड्डाले पठाएको फाइल रक्षा मन्त्रालयले
कडाइका साथ जाँच गर्न थालेपछि विभागले आफैं
अनुसन्धान गर्न सैनिक उच्च अधिकृतको शैक्षिक
प्रमाणपत्र र नागरिकता मागेको नागरिक दैनिकमा
खबर छ ।
प्रधानसेनापति गौरवशमशेर जबराले केही समयअघि
बढुवाका निम्ति सिफारिस गरी पठाएका सैनिक
अधिकृतहरूको शैक्षिक प्रमाणपत्र नक्कली र
नागरिकतामा जन्ममिति सच्याएको भेेटिएपछि
रक्षाले नाम फिर्ता गरेको थियो।
नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने
‘सक्कली कागजात बुझाउन’ जारी गरेको विभागको
परिपत्रलाई सेनाको नियमित कार्य बताए। सैनिक
स्रोतका अनुसार यसअघि सम्पूर्ण उच्च सैनिक
अधिकृतसँग यसरी एकसाथ सक्कली कागजात
मागिएको थिएन।
‘कागजात (शैक्षिक प्रमाणपत्र, नागरिकता)
नबुझाएका र कागजात अध्यावधिक गर्नुपर्ने सैनिक
उच्च अधिकृतसँग विभागले कागजात मागेको हो,’
सैनिक प्रवक्ता पोखरेलले नागरिकसँग भने, ‘बढुवाका
बेला यस्तो कागजात आवश्यक पर्छ।’
विभागले गत साता मात्र सम्पूर्ण सैनिक निकायलाई
परिपत्र जारी गर्दै प्रमुख सेनानीदेखि रथीसम्मको
सक्कली कागजात मागेको हो। प्रमुख सेनानीदेखि
रथीसम्म ४ सय हाराहारीमा उच्च सैनिक अधिृकत
छन्। विभागले जारी गरेको परिपत्रमा ‘भर्ना मिति
र जन्म मिति फरक भए सम्बन्धित निकायबाट
प्रमाणीकरण गरी पेस गर्न’ भनिएको छ।

0 comments:
Post a Comment