भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं: यू-१९ साफ च्याम्पियनसिप फुटबलको
सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको खेल
सुरु भएको छ। समूहगत चरणको खेलमा अपराजित नेपालले
सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तान
प्रतिद्वन्द्वी पाएको हो।
समूह 'ए' मा रहेको नेपाल लगातार दुई जित हात पार्दै
समूह विजेता बनेको थियो। समूहको पहिलो खेलमा
भुटानलाई ३-१ गोलले हराएको नेपालले दोस्रो
खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो।
'समूहगत चरणको खेलमा हामीले सोचेजस्तो खेल्न
सकेनौं। सेमिफाइनलमा अघिल्लो गल्तीलाई
नदोहोर्याउने वाचा गर्छौं। खेलाडीले आफ्नो
क्षमताअनुसार खेले भने अफगानिस्तानलाई हराउन
सकिन्छ। अहिले खेलाडीको मनोबल पनि उच्च छ।
टोलीका सबै खेलाडी फिट छन्।
बललाई नियन्त्रणमा राखेर खेल्न सकेमात्र पनि
अफगानिस्तानलाई हराउन गाह्रो छैन', नेपाली
टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने । समूह
चरणमा खेलाडीले टिम गेम खेल्न नसकेको उनले बताए।
यसैगरी अफगानिस्तानका सहायक प्रशिक्षक
सैयदरजाव शाह मासोमीले नेपाली रक्षकलाई चिर्ने
गरी आक्रामक खेल खेल्ने बताए। 'नेपाललाई घरेलु मैदान
र दर्शकको समर्थन छ तर, हामी त्यसलाई मतलव गर्ने
छैनौं। अफगानिस्तान लामो तयारी गरेर आएको छ।
यहाँको मौसमसँग घुलमिल भइसकेकोले मेरा खेलाडी
जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार छन्',
सैयदले भने।
अफगानिस्तान समूह 'बी' को उपविजेता बन्दै
सेमिफाइनलमा पुगेको हो। नेपालसँगको खेलमा
अफगानिस्तानले पहिलो रोजाइका गोलरक्षक भने
गुमाउने भएको छ।
पहिलो रोजाइका गोलरक्षकले भारतसँगको खेलमा
रातो कार्ड पाएकाले अफगानिस्तानले नेपालविरुद्घ
दोस्रो रोजाइको गोलरक्षक मैदानमा उतार्नु पर्नेछ ।
यसैगरी दोस्रो सेमिफाइनल खेलमा
च्याम्पियनसिपको सबैभन्दा बलियो टोली भारत र
बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
भारत समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा
पुगेको हो। बंगलदेशले समूह 'ए' को उपविजेताका रूपमा
भारतसँगको भिडन्त पक्का गरेको थियो ।
च्याम्पियनसिपमा दोस्रो रोजाइको टोली
उतारेको भारतको प्रदर्शन बेजोडको छ।
भारतका प्रशिक्षक सयद सिवर पासाले आफ्नो
टोलीको एउटै लक्ष्य उपाधि भएकाले सेमिफाइनलमा
बंगलादेशसँग उत्कृष्ट खेल खेल्ने बताए । ‘बंगलादेश
सन्तुलित टोली हो।
ऊ दक्षिण एसियामा राम्रो फुटबल संस्कृति भएको
मुलुक पनि हो तर, भारतको यो टोली पनि उत्तिकै
सन्तुलित छ। भारतले यो टोलीलाई विगत तीन
वर्षदेखि तयारीमा राख्दै आएकोले बंगलादेशलाई
हराउने क्षमता राख्छ । भारतको अन्तिम लक्ष्य
उपाधि नै हो', उनले भने।
बंगलादेशका प्रशिक्षक फैसुल बारी टिटुले आफ्ना
खेलाडीले भारतसँग वास्तविक खेल देखाउने
प्रतिक्रिया दिए। 'समूहगत चरणको दोस्रो खेलमा
नेपालसँग हामीले आफ्नो स्वाभाविक खेल खेल्न
सकेनौं।
बल नियन्त्रणमा लिएर पनि गोल गर्न नसक्नु हाम्रो
कमजोरी थियो। भारत राम्रो र सन्तुलित टोली
हो। उसका सबै खेलाडीसँग गोल गर्ने क्षमता छ। तर
बंगलादेश भारतलाई सजिलै छोड्ने पक्षमा छैन', फैसुलले
भने।
0 comments:
Post a Comment