Home » » आजको राशिफल हेर्नुहोस्.....

आजको राशिफल हेर्नुहोस्.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि।सं। २०७२ साल साउन १० गते। आइतबार। इश्वी सन्
२०१५ जुलाई २६ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयासमै समय मात्र बित्नेछ।
आजको समस्या तत्काल
समाधान नहुन सक्छ।
सानातिना काम र घरेलु
समस्यामै अल्झनुपर्ने देखिन्छ।
स्वास्थ्यगत कमजोरीले पनि सताउला।
उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन
नसकिएला। व्यावसायिक काममा पनि
विभिन्न समस्या आउन सक्छन्। गोपनीयतामा
ध्यान पुर्याउँदै केही समय प्रतीक्षा गर्दा
फाइदा हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो क्षणमा अचानक
खिन्नता बढ्ने समय छ। सोचेको
लाभ नमिल्न सक्छ। केही
अप्ठ्यारा परिस्थितिको
सामना गर्नुपर्ला। आफन्तसँग
असमझदारी बढ्न सक्छ। बाध्यताका काममा
अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास
बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ।
व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल
हराउन सक्छ, सचेत रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रोकिएका काम बन्नाले उत्साह
जाग्नेछ। संघर्ष गरेरै अधिकार
स्थापित गर्न सकिनेछ। शत्रुहरू
किनारा लाग्नेछन्।
प्रतिस्पर्धामा पनि विजयी
भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा
राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा
अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य
राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै
काम बनाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुखद समाचारले अझ उत्साह
बढ्नेछ। नयाँ ज्ञान सिक्ने
मौका छ। व्यापार–
व्यवसायमा राम्रै लाभ हुनेछ।
व्यावसायिक यात्रा
सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध
बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ
सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण
सम्मान पाइएला। बोलीकै भरमा विशेष काम
सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ढिलासुस्तीले काम बिग्रन
सक्छ। हातमा आएको मौका
गुम्ने देखिन्छ, सचेत रहनुहोला।
स्थायी सम्पत्तिमा केही
विवाद आउला। परिवारजन
तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी
आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका
कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ।
महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी
हुनेछन्। पशु, भूमि र मातृधनबाट लाभ मिल्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानो प्रयत्नले पनि राम्रो
फाइदा उठाउन सकिनेछ।
कृषिकर्म र व्यावसायिक
काममा केही लगानीपछि
फाइदा हुनेछ। प्रशस्त धन आर्जन
गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।
प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै
साथ दिनेछन् र काममा सोचेजस्तै सफलता
मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विचारले धेरैलाई आकर्षण गर्ने
समय छ। प्रशंसकहरू बढ्नेछन्।
सहयोगीहरूले साथ दिनाले
रोकिएका काम सम्पादन हुनेछन्।
विगतको श्रमबाट राम्रै
फाइदाको योग छ। काम र पठन–पाठनमा
लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्।
आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मान–
सम्मानमा अलि आघात पर्ने सम्भावना देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
(Scorpio)
पारिवारिक भेटघाटको समय
छ। विशेष व्यक्तित्वलाई भेट्ने
मौका आउन सक्छ। ठूलै
फाइदाको आश्वासन पनि
पाइनेछ। विगतको सफलताले थप
काममा हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव
आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै
भेटिनेछन्। तर परिस्थितिअनुसार चल्न नसक्दा
केही मौका गुम्न सक्छन्। टाढिएका आफन्तको
यादले पिरोल्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
काममा लगानी बढाउने समय
छ। प्रयत्न गर्दा लामो यात्रा
हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ
उठाउने मौका छ। घरखर्चको
मात्रा बढ्नेछ। समयमा होस
नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका
पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न
सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने
स्थिति आउन सक्छ। होसियारीसाथ काम
लिनुपर्ने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
(Capricorn)
आम्दानी सामान्य भए पनि
ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम
हातलागी भए पनि तत्काल
खर्चनुपर्ला। कृषि, पशुपालनमा
आदिमा पनि सामान्य
फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि
प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र
सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम
प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने
समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
प्रतिष्ठित काम गरेर धेरैको मन
लोभ्याउन सकिनेछ। विशिष्ट
व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
अरूलाई प्रभावित पारेर काम
बनाउने समय छ। आफ्नो क्षेत्रमा
प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा
कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक
सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा
पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम
गर्ने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आस मारेको काम बन्नाले
उत्साह जाग्नेछ। सानो प्रयत्नले
ठूलो काम सम्पादन हुनेछ। गरेका
कामबाट धेरैलाई फाइदा पुग्न
सक्छ। सामाजिक काममा रुचि
बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र
मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि
प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved