Home » » वि.सं. २०७२ साल साउन ११ गते। सोमबार। इश्वी सन् २०१५ जुलाई २७ तारिखको राशिफल हेर्नुहोस्....

वि.सं. २०७२ साल साउन ११ गते। सोमबार। इश्वी सन् २०१५ जुलाई २७ तारिखको राशिफल हेर्नुहोस्....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं. २०७२ साल साउन ११ गते। सोमबार। इश्वी सन्
२०१५ जुलाई २७ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आजको प्रयत्न निष्फल जस्तै
होला। काम बिग्रने भयले
सताउला। लगानी, दौडधुप, श्रम
र प्रयत्नको उचित मूल्य नपाइने
समय छ। न्यून उपलब्धिमा चित्त
बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न
केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको
कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन
दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका समस्या बल्झिन
सक्छन्। प्रयत्न गर्दा
व्यावसायिक काम बन्नेछन्।
व्यापार–व्यवसायमा भने
सोचेको लाभ नमिल्न सक्छ।
यात्रामा पनि समस्या आउने र बाध्यताका
काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा
असमझदारी वा प्रतिस्पर्धाको समय छ।
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला।
सवारीसाधन उपयोग गर्दा अलि सावधानी
अपनाउनुपर्ला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न
सकिनेछ। मेहनतले प्रतिस्पर्धाको
दौड जिताउन सक्छ। भौतिक
साधन जुट्नेछन् र दिगो फाइदा
हुने काम सुरु हुन सक्छ।
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने
बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका
लागि मात्र समय उत्साहजनक रहनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन उत्साहपूर्ण रहला। सुखद
समाचार सुन्न पाइनेछ। स्वास्थ्य
सबल रहनेछ र काममा पनि
फाइदाको योग छ।
व्यापारमा भने कम मात्र
फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट
राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा
प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी
भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिअनुसार चल्न नसक्ता
अलि दुःख पाइनेछ। मान्यजनसँग
असमझदारी बढ्न सक्छ। विगतका
निर्णयले काममा चुनौती आउने
देखिन्छ। अरूको सुझावप्रति
शंका उब्जने समय छ। महत्वाकांक्षी योजना
तत्काल सार्वजनिक नगर्नु नै बेस होला।
परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अनुकूल समय छ। सहयोगीहरूले
राम्रो साथ दिनेछन्।
रोकिएका काम बन्ने र नयाँ
काम सुरु गर्ने समय छ। उद्योग र
व्यापारमा विशेष फाइदा
हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन
सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल
पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए
पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न अवसरले तपाईंलाई
पछ्याउनेछन्। बोलीको प्रभाव
पनि बढ्नेछ। ठीक समयमा सही
निर्णय लिन सकिनेछ।
कार्यसम्पादन गर्ने क्षमता
बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना
देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा
फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक
क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग
लिने मौका छ। मानसम्मान पाइनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
(Scorpio)
प्रतिष्ठित काम गर्ने मौका छ।
आत्म–विश्वास बढ्नेछ। विशिष्ट
व्यक्तित्वसँग भेटघाट हुनेछ।
पारिवारिक जमघटमा मन
रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार
आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको
आनन्द समेत पाइएला। पेटको खराबीले
स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ।
सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्।
सचेत रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसरको खोजीमा केही
दौडधूप गर्नुपर्ला। फाइदाका
पछि लाग्दा साथीभाइसँग
असमझदारी बढ्न सक्छ। खर्च
बढ्नुका साथै आर्थिक अभाव
देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने
सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि
कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले
केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम
लिनुपर्ने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
(Capricorn)
श्रमको समुचित मूल्यांकन नहुन
सक्छ। आम्दानीमा पनि बाधा
पुग्ने देखिन्छ। भएको आम्दानी र
सञ्चित रकम समेत खर्च गर्नुपर्ला।
आँटेको काम पनि समयमा पूरा
नहुन सक्छ। पढाइलेखाइमा त्यत्ति मन नजाला। धेरै
लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–
पोषणमा खर्च हुने समय छ। मालमत्ता समेत हराउन
सक्छन्, सचेत रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
सामाजिक क्षेत्रमा नेतृत्व
हातलागी हुनेछ। भूमि, वाहन र
पैत्रिक सम्पत्तिको उपयोगबाट
प्रशस्त लाभ उठाउन सकिनेछ।
व्यापारमा पनि राम्रै फाइदा
हुनेछ। काममा मातापिताको सहयोग प्राप्त
होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई
प्रभावित पारेर काम लिन सकिने छ।
कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम
र प्रतिष्ठा कमाउने बेला छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समुदायको हितमा राम्रै काम
गर्न सकिनेछ। सामाजिक
उत्तरदायित्व वहन गर्दै फाइदा
हुने काम र जिम्मेवारी हात
पार्ने मौका छ। आफ्नो वर्ग वा
क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका
कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने
समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि
सजिलै बन्नेछन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved