Home » » यस्तो रहेछ काका भतिजी एकै साथ आत्महत्याको नयाँ रहस्य....

यस्तो रहेछ काका भतिजी एकै साथ आत्महत्याको नयाँ रहस्य....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गुल्मी, साउन–८ । आज विहान गुल्मीको
पिपलधारमा रुखको टुप्पोमा झुण्डिएको अवस्थामा
मृत फेला परेकी भतिजी र फेदमा मृत फेला परेका
काकाको आत्मा हत्या नभई हत्या भएको आशंका
स्थानियवासीले गरेका छन् ।
पिपलधार ८ को नादी गाउँमा भएको उक्त दर्दनाक
घटनामा ति दुवै काका र भतिजीलाई कसैले
निर्ममता पुर्वक कुटेर हत्या गरेको हुन सक्ने स्थानिय
समाज सेवी एवं शवका प्रत्यक्षदशी हरिबहादुर
थापाले बताए ।
उनका अनुसार अन्दाजी ४० वर्षिया काका वेलबहादु
मुखियाको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाँटीमा पनि निला डामहरु छन् । अन्दाजी १६
वर्षिया भतिजी लक्ष्मी मुखियालाई पनि कुटपिट
गरी अर्ध चेत अवस्थामा झुण्डिाईको हुन सक्ने
थापाको भनाई छ ।
उनको गुप्ताङ्गबाट तरल पदार्थ बगेको उनले
जानकारी दिए ।
घटना स्थलमा दाउराको प्रयोग भएको हुन सक्ने
बताईन्छ । लक्ष्मीकी आमालाई प्रहरीले सोध्धा
हिजो साँझ करिव ८ वजेतिर फोन आए पछि छोरी
बाहिर निस्केको र त्यस पछि आफुलाई थाह नभएको
बयान दिएकी छन् ।
उनी विवाहित हुन् । उनका श्रीमान भारतमा मजदुरी
गर्ने गरेको बताईएको छ । केहि दिन अघि मात्र उनि
माईती आएकी थिईन् । मृतक काका पर्ने वेलबहादुर
तिन चार दिन आघि मात्र खेत रोप्न भन्दै तम्घासबट
घर गएका थिए ।
घटना स्थल वेलबहादुर र उनका दाजु नारायण
मुखियाको घरको विचमा भएको छ । लक्ष्मी
झुण्डिएको खनियाको रुख घर निजिकै रहेको छ ।
स्थानिय समाज सेवी थापाका अनुसार यस अघि
यस्तै डर लाग्दा ६ वटा घटना त्यस नादी खोलामा
त्यतिकै गामचुप भएका छन् ।
यस घटना पनि गामचुप हुने हो कि भ न्ने त्रासले
स्थानियवासीले पत्रकारहरुलाई खोज तलासका
लागि आई दिन आग्राह गरेका छन् । सुनौ उनै घटना
स्थलका प्रत्यक्षदर्शी हरिबहादुर थापा संग सहकर्मी
प्रेम सुनारले गरेको टेलिफोनमा गरेको कुराकानी
प्रेम सुनार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved