भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ११ साउन । कार्यकर्ता रिहाईको माग
राख्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा
माओवादी मंगलबार नेपालभरी चक्काजाम गर्ने भएको
छ ।
सोमबार तुलसीपुरको पार्टी प्यालेसमा सम्पन्न
गोप्य प्रशिक्षणमा देशैभरीका नेताकार्यकर्तालाई
मंगलबार भोली चक्का जाम गर्न सर्कुलर जारी
गरिएको विप्लव माओवादीका एक नेताले बताए ।
उनका अनुसार भोली विहान १० बजे देखि ११ बजे सम्म
देश व्यापी चक्का जाम गर्ने कार्यक्रम रहेको छ ।
संविधानको मस्यौदा संकलनको विरोध तथा
लिपुलेक सम्झौता खारेजको माग राख्दै गरिएको
आन्दोलनका क्रममा देशभरबाट पक्राउ परेका
कार्यकर्ताको रिहाइको माग गर्दै मंगलवार एक घन्टा
चक्का जामको कार्यक्रम अयोजना गरिएको
प्रशिक्षणमा सहभागी ति नेताले बताए ।

0 comments:
Post a Comment