भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भनिन्छ एउटा बुवाको लागि आफ्नी छोरी
राजकुमारी समान हुन्छे । जतिसुकै माया गरेपनि उमेर
भएपछि छोरीको विवाह गर्न जो पनि आमा–बुवा
आतुर हुने गर्दछन् । यस्तै हङकङका एक धनाढ्यले आफ्नी
छोरीलाई विवाह गर्ने पुरुषलाई अर्बपती बनाइदिने
घोषणा गरेका छन् ।
हङकङका शीर्ष स्थानमा रहेका व्यापारी सेसिल
चाउले आफ्नी छोरी गिगी चाउलाई विवाह गर्ने
पुरुषलाई ८ करोड पाउन्ड दिने बताएका छन् ।
नेपाली रुपैया“ करिब १३ अर्ब २० करोड
रुपैयाँ घोषणा गरेका चाउले सुरुमा चार करोड दिने
बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम
दिने बताएका छन् । समाचारमा जनाइएअनुसार
सेसिलकी छोरी गिगी लेस्बियन हुन् । गिगी चाउले
दुईवर्षअघि एक महिलास“ग समलिंगी विवाह गरेकी
थिइन् । स्मरण रहोस्, हङकङमा समलिंगी
विवाहमाथि रोक छ ।
सेसिलले यसअघि छोरीको बिहेका लागि ३९
मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २०
हजार युवाले आवेदन दिएका थिए । तर कोही
आवेदनकर्ता नआएको बताइन्छ । (एजेन्सी)

0 comments:
Post a Comment