भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नयाँ दिल्ली । सन् १९९३ मुम्बई ब्लास्टका दोषी
याकूब मेमेनलाई दिएको फाँसीले अन्डरवल्र्डलाई पनि
धक्का पुगेको छ । सूत्रका अनुसार डन दाउद
इब्राहिमका दाहिने हात छोटा शकिलले यो
फाँसीलाई ‘लिगल मर्डर’ को संज्ञा दिएका छन् ।
यति मात्र होइन, छोटा शकिलले याकूबलाई
ललाईफकाई भारत बोलाएर आफ्नो बचनलाई भारतले
खेर फालेर गलत गरेको बताएका छन् । एक नीजि
अखबारलाई शकिलले भने, ‘भारत सरकारले यसबाट के
सन्देश दियो ? तिमीहरुले एक निर्दोष व्यक्तिलाई
उनको भाइको कर्तुतको सजायँ दियौ । डी कम्पनी
यसको निन्दा गर्छ । यो एक ‘लिगल मर्डर’ हो ।
शकिल यतिमा मात्र रोकिएनन् उनले यो फाँसीको
परिणाम भोग्नेको चेतावनी पनि दिँदै भने, ‘त्यो त
हुने नै छ ।’ उनले भारतको यो धोकाबारे बताउँदै भने,
‘भारतले यो जे गरिरहेको छ त्यसले दाउद र उनीसँग
जोडिएका दोस्रो भगौडाहरुको भारत फर्किने वा
भारत सरकारलाई सुम्पिने सम्भावना अब सिद्धिएको
छ ।’ उनले वास्तविक अपराधी टाइगर मेमन भएको
बताउँदै उनको भाइलाई टाइगरको सजायँ दिनु
हुँदैनथ्याे भन्दै थपे, ‘यदि दाउद इब्राहिमले पनि यस्तै
निर्णय गरेको भए उनको पनि यस्तै हालत हुने थियो ।’
स्मरण रहोस्, सन् १९९३ को श्रृङ्खलाबद्ध मुम्बई
ब्लास्टमा दाउद इब्राहिम र याकूब मेमनका दाइ
टाइगर मेमेनमाथि घटनाको पूरा रणनीति र त्यसलाई
घटित गराएको आरोप लागेको थियो । यही बम
ब्लास्टको आधारमा बलिउडका फिल्म अभिनेता
संजय दत्त पनि जेल सजायँ भोगिरहेका छन् ।
0 comments:
Post a Comment