भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ७ साउन । प्रेम भन्ने रोग कस्तो-कस्तो
बुझ्नै नसकिने, मान्छेलाई लागेपछि सबै कुरा विर्सिन्छ
।
दुई मनको मिलनलाई हाम्रो समाजमा प्रेम भन्ने
गरिन्छ । प्रेमको उत्कर्ष विन्दु भनेको शारीरिक
सम्बन्ध हो । झन प्रेमको उत्कर्षमा पुगेकाले शारीरिक
सम्बन्ध स्वभाविक प्रक्रिया हुन्छ । प्रेमी होस् वा
प्रेमिका जो सुकैले पनि निर्वाध रुपमा शारीरिक
सम्बन्ध राखेर प्रेम साटासाट गर्छन् ।
त्यो प्रेम रोग कञ्चनपुरकी एक युवती गीता (नाम
परिवर्तन)लाई पनि लागेको थियो । प्रेमको
उत्कर्षमा उनी आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क
राख्न पुगिन् । उनका प्रेमी भारतमा रोजगारी गर्थे ।
नजिकै गाउँका प्रेमीसँग स्कुल पढ्दा आँखा जुधेर माया
बसेको थियो उनको । त्यो बेला त्यती गहिरो प्रेम
थिएन् ।
जब रोजगारीका लागि प्रेमी भारत गए । तब माया
झन गाढा भयो । भनिन्छ, आफ्नो जति टाढा हुन्छ
माया त्यती नै गाढा हुन्छ । यो उखान उनको
जीवनमा पनि लागू भयो । तर, रोजगारीमा गएका
प्रेमी भारतका कोठीमा गएर परस्त्रीसँग सम्बन्ध
राख्थे । त्यो कुरा गीतालाई पहिला थाहा थिएन्
। जब उनी विरामी भईन् तब उनले प्रेमीबाटै थाहा
पाइन् यो कुरा ।
उनले आफ्नो प्रेमी का लागि तन मन र आफ्नो जीवन नै
सुम्पेकी थिईन् । तर प्रेमी भने परस्त्रीसँग भारतका
कोठीमा रासलीलामा मस्त हुन्थे । त्यही धोकाका
कारण उनी एचआईभी जस्तोभयानक रोगको सिकार
बनिन् । माया गाढा भइरहेको बेला भारतले उनको
खुसी र जवानी लुट्यो ।
कोठीमा गएका प्रेमी एचआईभीको सिकार भएर घर
फर्किए । घर फर्किदा गीता निकै खुसी थिईन् तर, जब
एचआईभी लागेको थाहा पाईन् तब छाँगाबाट
खसेजस्तै भईन् । प्रेमीले आफूलाई एचआईभी लागेको कुरा
बताएनन् । गीतालाई थाहा थिएनन् ।
आफ्नो खुसी र दुख यसरी सुनाईन् ः सुरुका दिनमा
उत्कर्षको प्रेम साटासाट गर्न शारीरिक सम्पर्क
राखे, तर पछि उ अलि सिरियस हुन थालेको थियो,
मैले सोध्दा जवाफ दिँदैनथ्यो, पछि मलाई त्यस्तो
लक्षण देखिन थाल्यो, स्वास्थ्य अवस्था चेकजाँच
गराउन मेडिकल गए, जहाँ डाक्टरले रगत परीक्षण गर्नुपर्छ
भने, मैले हुन्छ भने । जब एक घण्टापछि रगत चेकजाँचको
रिपोर्ट आयो । त्यसमा लेखिएको थियो एचआईभी
पोजेटिभ । अर्थात एचआईभीले मेरो शरीरमा डेरा
जमायो । त्यो पल मेरो संसारकै अति अप्ठेरो क्षण
भयो । डाक्टरले समेत एचआईभी लागेको छ भन्न सकेनन् ।
मात्र रिपोर्ट मेरो हातमा थमाए ।
त्यसपछि घर आएर प्रेमीलाई भेटेर सोध्दा सबै कुरा
थाहा पाए जुन किनै ढिला भइसकेको थियो । मैले
आफ्नो प्रेमी भनेर विश्वास गरि उसलाई तन मन धन सबै
सुम्पिएकी थिए । तर उसले मलाई मात्र धोका दियो
। सुरुका केही दिन मलाई समाजमा बाँच्न निकै
ग्राहो भयो । सबैले अपमान गर्न थाले । मलाई
एचआईभी लागेको मेडिकलबाट गाउँभरी फैलिसकेको
थियो । त्यसपछि म गाउँ छाड्न बाध्य भए । मलाई
धोका दिने प्रेमी अहिले पनि भारतमै छ । म ठेला
व्यवसाय गरी टाढाको सहरमा आफ्नो बाँचेको
जीवन चलाउँदै छु ।
खै अब कति बाँचिन्छ थाहा छैन् तर बाँचुञ्जेल संघर्ष
गर्छु । मैले त यसरी विश्वास गरेको आफ्नै प्रेमीबाट
धोका पाए । म पछिका पुस्ताले पनि यस्तो समस्या
भोग्न सक्छन् । तसर्थ म सबे युवा युवतीलाई यौन
सम्बन्ध राख्दा एकदमै सजक रहनु भन्न चाहन्छु ।
(कञ्चनपुरको वादी समुदायकी एक युवतीसँग गरिएको
कुराकानी)
0 comments:
Post a Comment