भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महिलाहरूमा यौन स्वास्थ्यलाई लिएर गरिएको एक
सर्वेक्षणमा उमेरसँगै महिलाको यौन चाहना पनि
बढ्दै जाने तथ्य पत्ता लागेको छ ।
सर्वेक्षणमा महिलाहरूको उमेर बढ्दै जाँदा यौनइच्छा
पनि बढ्दै जाने र यौनक्रिडालाई थप रोमाञ्चक
बनाउन चाहने पत्ता लागेको छ ।
यो सर्वेक्षण न्युयोर्कको विपणन सेवा दिने कम्पनी
‘लिप्पे टेलर’ले वेबसाइट ‘हेल्दी वुमेन डट ओआरजी’ सँग
मिलेर संयुक्त रूपमा गरेको थियो ।
१८ वर्षदेखी माथिका १ हजार महिलाहरुमा
गरिएको सर्वेक्षणमा ५४ प्रतिशत महिलाहरुले उमेर बढ्दै
जाँदा यौन चाहना पनि बढ्दै जाने बताएका थिए ।
४५ देखी ५५ वर्षका महिलाहरू सेक्सका लागि उत्सुक
रहेको पाइएको थियो । मिलिनियम मेडिकल ग्रुपसँग
सम्बद्ध चिककित्सकहरूमा मिशिगनको नर्स न्यान्सी
बर्मनले भनिन्, ‘महिलाहरू जति जति पाको बन्दै
जान्छन् र आफ्नो पति या साथीसँग उनीहरू नजिक
हुन्छन् ।
यस्तो हुँदा उनीहरूलाई सेक्समा पहिले भन्दा धेरै आनन्द
आउन थाल्छ साथै सेक्सलाई थप रोमाञ्चक बनाउनका
लागि निकै ध्यान दिन्छन् । ‘
सर्वेक्षणमा २८ प्रतिशत महिलाहरूले एक हप्तामा
दुईदेखी ७ पटकसम्म सेक्स गर्ने गरेको स्वीकार गरेका
थिए ।
लिप्पे टेलरका प्रमुख कार्यकारी अधिकारी मोरिन
लिप्पेले सर्वेक्षणका अनुसार उमेर बढ्दै गएका
महिलाहरूले आफ्नो साथी या पतिसँग धेरै समय
बिताउन पाउँछन्, यस्तोमा आफ्नो सेक्सको इच्छा
पूरा गर्न र आफ्नो साथीसँगको सम्बन्धलाई थप मजबुत
बनाउनका लागि फाइदाजनक हुने गर्छ । एजेन्सी
0 comments:
Post a Comment