भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २४ साउन । शनिबार मध्यराति प्रमुख
दलका शीर्ष नेताबीच भएको ६ प्रदेशको सीमांकन
सहमतिलाई लिएर तीन जिल्लाका नागरिकले डा.
बाबुराम भट्टराईलाई जेल हाल्नुपर्ने माग गरेका छन् ।
६ प्रदेशको सीमांकनमा नेपालका तीन जिल्लालाई
टुक्र्याएर सहमति गरेको भन्दै त्यहाँका नागरिकले
सामाजिक सञ्जालमा आक्रोस पोखेका हुन् । प्रकाश
समीरले लेखेका छन्-‘अर्काको जिल्लामा मनपरी गर्ने
हिसिलापति बाबुराम भट्टराईलाई जेल हाल्नु पर्छ ।’
त्यस्तै, सिर्जना पन्त लेख्छिन्-‘ए नेता हो तिमीहरुले
ढोरपाटन र वुर्तिवाङलाई कतिमा बेच्यौ ?
काठमाडौमा बस्न पुग्छ कि पुग्दैन ? पुगेन र जिल्ला
फर्कन परो भने जनताले तिमीहरुको कुन गति बनाउलान्
।’
त्यस्तै मिलन विकले पनि त्यस्तै कडा आलोचना गरेका
छन् । लेख्छन्-‘बागलुङ हाम्रो साझा जिल्ला हो ।
यस जिल्लालाई जस्ले टुक्रयाएको हो, त्यसलाई नी
टुक्रयाउनु पर्छ ।’ यस्ता प्रकारका संयौ स्टाटस
सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् ।
६ प्रदेशमा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको
सीमांकन सहमतिले नेपालका तीन जिल्ला
नवलपरासी, बागलुङ र रुकुमलाई टुक्रयाएपछि विरोध
बढेको हो । अधिकांशले बाबुरामलाई गाली गरेर
प्रतिक्रिया दिएका छन् ।
शनिबार राति बाबुराम संयोजक रहेको शीर्ष
नेताको विशेष समितिले ६ प्रदेशसहितको
सीमांकनमा सहमति गर्दा तीन जिल्ला टुक्रिएका
थिए ।
0 comments:
Post a Comment