भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, १७ साउन– एमाले नेता केपी ओली
अभिव्यक्ति कलामा खप्पिस मानिन्छन् ।
पार्टीभित्र र बाहिरका विरोधीमाथि kp
oliजाइलाग्नुपर्दा ओली सन्दर्भ मिल्दो उखान
टुक्काको साहारा लिन्छन् ।
गाउँघरमा प्रयोग हुने झर्रा शब्द ओलीका मुखैमा
झुण्डिएका छन् । भाषणमा मात्र होइन, अनौपचारिक
भेटघाटमा समेत रमाइलो पारामा गफिनु ओलीको
विशेषता हो । नजिकबाट चिन्नेहरुका अनुसार ओली
व्यक्तिगत भेटघाटमा निकै खुलस्त शैलीमा कुरा गर्न
रुचाउँछन् । तर, त्यो व्यहोरा कहिलेकाहीं उनका
लागि अभिसाप हुने गरेको छ ।
गएको बिहीबार ओलीको अभिव्यक्तिले त्यस्तै घटना
घट्यो । एमाले सम्वद्ध मुसलमानहरुको संगठन नेपाल
मुस्लिम इत्तिहाद संगठनको प्रतिनिधि मण्डल
बालबोटस्थित ओली निवास पुग्यो ।
नयाँ संविधानको मस्यौदामा मुस्लिम समुदायको
अधिकार कुण्ठित पार्न खोजिएको भन्दै संगठनका
अध्यक्ष सिराज फारुकी नेतृत्वमा करिब २० जनाको
टोली ज्ञापनपत्र बुझाउन ओली निवास पुगेको
थियो ।
टोलीमा तनहुँतिरकी खान थरकी एक मुस्लिम युवती
पनि थिइन् । परिचयका क्रममा ती युवतीले आफ्ना
श्रीमान पनि सँगै आएको बताइन् । रुपकी धनी
युवतीको कुरा भुइँमा खस्न नपाउँदै ओलीले प्वाक्क मुख
खोले, ‘तपाईंको श्रीमान एउटा मात्रै ?’ युवती
रातोपिरो भइन् ।
ज्ञापनपत्र बुझाउन गएकाहरु मुखामुख गर्न थाले ।
पेशाले व्यवसायी युवतीका श्रीमान पनि वाक्क न
बक्क भए । परिस्थितमा एकाएक परिवर्तन आएको
देखेपछि ओलीले आफूले गल्ती बोलेको महसुस गरे । उनले
परिस्थिति सम्हाल्ने कोसिस गर्दै भने, ‘अप्ठेरो
मान्नुपर्दैन, मुस्लिम समुदायमा पुरुषले प्रायः दुई÷तीन
वटी श्रीमती राख्ने चलन छ । महिलाले पनि त्यस्तै
गर्न मिल्दैन भन्न खोजेको ।’
उनको जवाफले कोही सन्तुष्ट हुन सकेनन् । ज्ञापनपत्र
बुझाएपछि मुृस्लिम संगठनका प्रतिनिधि
बालकोटबाट बाहिरिए । ती युवतीलाई भने
‘ओलीको बोली’ बाछट चित्त दुखाएकी ती युवतीले
पार्टीभित्र आफूसँग मन मिल्नेहरुसँग बालकोटमा
पार्टी अध्यक्षबाट आफूमाथि भएको व्यवहारबारे
चित्त दुखाउँदै हिंडेकी छन् ।
त्यसो त एमाले नेतृहरु रचना खड्का, रामकुमारी
झाँक्री मात्र होइन, उपाध्यक्ष विद्या भण्डारी र
अष्ठलक्ष्मी शाक्यलगायतले तत्कालिन कृषिमन्त्री
हरि पराजुलीले गत असार १५ गते धान रोपाइँका दिन
‘आर्शिवाद लिने’ नाममा महिलाहरुमाथि गरेको
अश्लील हर्कतपछि खुलेरै पार्टीभित्रका महिला
असुरक्षित रहेको बताएका थिए ।
0 comments:
Post a Comment