Home » » दैनिक १४ सय युवा जान्छन वैदेशिक रोजगारीमा....

दैनिक १४ सय युवा जान्छन वैदेशिक रोजगारीमा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

स्वदेशमा रोजगारीको अधावसँगै दैनिक एक हजार चार
सय १० जना युवा रोजगारीका लागि विदेश जाने
गरेका छन् । आर्थिक वर्ष २०७१-०७२ मा पाँच लाख १२
हजार आठ सय ८७ जना युवा रोजगारीका लागि
विदेशीयका छन् । आव ७०-७१ मा पाँच लाख २८ हजार
दुई सय ३२ जना युवा विदेशीएका थिए । ०७०-७१ को
तुलनामा ०७१-७२ मा विदेशीनेको सख्या २ दशमलव ९०
प्रतिशतले घटेको वैदेशिक रोजगार विभागको
तथ्याङ्कले देखाएको छ ।
रोजगारीका लागि विदेशीएका ५ लाख १२ हजार
आठ सय ८७ मध्ये पुरुष चार लाख ९० हजार आठ सय ५९ र
महिला २२ हजार २८ जना रहेका छन् । जसमा चार
लाख ६२ हजार नौ सय ८८ जना संस्थागत
(म्यानपावर)बाट विदेशीएका छन् । संस्थागत रुपमा
विदेशीने मध्ये पुरुष चार लाख ४५ हजार ६ सय ७७ र
महिला १७ हजार तीन सय ११ रहेको विभागको
तथ्याङ्कमा उल्लेख छ ।
व्यक्तिगत रुपमा १० हजार २७ जना विदेशीएका छन् ।
जसमा पुरुष आठ हजार तीन सय ६८ र महिला आठ सय ३०
जना छन् । यस अघि अवैध रुपमा त्रिभूवन
अन्तर्राष्ट्रिय विमानस्थल वा भारतको बाटो हुँदै
रोजगारीका लागि विदेश गएका र नेपालमा आएर
पुनः सोहि कम्पनीका काम गर्न जाने प्रकृयालाई
वैधानीकिरण भनिन्छ । एक वर्षमा ३९ हजार आठ सय
७२ जना वैधानीकि भएर विदेशीएका छन् । जसमा ३६
हजार ५१ पुरुष र तीन हजार आठ सय २१ महिला रहेका
छन् ।
नेपाली युवाहरुको आकर्षक गन्तव्यको रुपमा
मलेसियालाई लिने गरिन्छ ।
मलेसियामा नेपालीका लागि सुहाउँदो
हावापानी,बढी नेपाली कामदार, फस्टाउँदो
उद्योगधन्दा लगायतका कारण नेपाली कामदार
मलेसियामा जाने गर्दछन् । नेपाली कामदार बढी
अदक्ष र अर्धदक्ष हुने भएकाले पनि मलेसियामा बढी
कामदार जाने गरेको विज्ञहरुको भनाई छ ।
मलेसियामा लेबरको माग बढी हुने गरेका कारण बढी
युवा मलेसिया जाने गरेका हुन ।
सरकारले खुल्ला गरेको एक सय नौ देश मध्ये अधिकाशं
कामदार मलेसिया, साउदी अरेयिबा, कतार यूएई
लगायत देशमा जाने गरेका छन् । सो अवधिमा
मलेसियामा दुई लाख दुई हजार आठ सय २८ युवाले
रोजगारी पाएका छन् । यस्तै कतारमा एक लाख २४
हजार तीन सय ६८, साउदी अरेबिया ९८ हजार दुई सय
४६, संयुक्त अरब ईमिरेट्स (यूएई) ५३ हजार ६ सय ९९, कुवेत
नौ सय ६ सय ६८, दक्षिण कोरिया पाँच हजार एक सय
५८ र बहराईनमा चार हजार एक सय ६५ जना रहेका छन्

सरकारले २१ असारदेखि फ्रि भिषा, फ्रि टिकटमा
कामदार पठाउने निर्णय गरेसँगै असार महिनामा
विदेशीनेको सख्या अनपेक्षित रुपमा घटेको छ ।
सरकारले लागु गरेको उक्त निर्णयको विरोधमा
उत्रेका व्यवसायीहरुले कामदार विदेशमा नपठाए पछि
२६ हजार ६ सय युवा मात्र रोजगारीका लागि
विदेशीएका छन् । अघिल्लो आवको सोहि अवधिमा
६१ हजार सात सय १७ जना विदेशीएका थिए ।
यस वर्ष असारमा अघिल्लो वर्षको सोहि अवधिको
तुलनामा ५६ दशलमव ९० प्रतिशतले घटेको छ । आव
०७१÷७२ मा सबैभन्दा बढी मंसिर महिनामा ५३ हजार
तीन सय ५४ जना विदेशीएका थिए भने सबै भन्दा कम
असारमा २६ हजार ६ सय विदेशीएका छन् ।
व्यवसायीहरुले आन्दोलन नगरेको भए अघिल्लो वर्षका
तुलनामा यस वर्ष विदेशीने कामदारको सख्या बढने
विभाग स्रोतको आँकलन छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved