Home » » काठमाडौंका डन तितरबितर, को कहाँ ?

काठमाडौंका डन तितरबितर, को कहाँ ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं । प्रहरी इन्काउन्टरमा कुमार घैंटे
मारिएपछि काठमाडौंका डनहरु तितरबितर भएका
छन् । केही स्वदेशमै लुकेका छन् भने केही विदेश भागेका
छन् । गुन्डागर्दीका घटना सुस्त बनाएका छन् । गणेश
लामा भाडामा चलाउँदै आएको होटल छाडेर
अर्धभूमिगत भएका छन् । मनाङतिर गएका दीपक मनांगे
घैंटे इन्काउन्टरपछि काठमाडौं फर्किएका छैनन् ।
चक्रे मिलनले पनि राजधानी छाडेका छन् । चक्रेका
भाइ तेजेन्द्र पनि पहिलेको जस्तो खुलमखुला हिँड्दैनन् ।
ललितपुरका डन मीनकृष्ण महर्जन पनि भूमिगत छन् । गत
शुक्रबार दरबारमार्गको एक बारमा ग्याङ फाइटको
तयारी गरेको विष्णलामा लगायतको समूह भागेर
भारतको गोहा पुगेको छ ।
बालाजुका माइला लामा, स्वयम्भूका बाघे लामा,
कलंकीका विश्वक्रान्ति सिंह, नयाँ बजारका साजन
महर्जनले पनि घैंटे इन्काउन्टरपछि कुनै गतिविधि गरेका
छैनन् । काशी शेर्पा, रोज राणा पहिलेजस्तो समूह
बनाएर हिँड्दैनन् । घैंटे इन्काउन्टरपछि राजधानीको
गुन्डागर्दी क्लियर भएको छ । धेरै गुन्डा भागिसकेका
छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved