Home » » बन्दको विरुद्ध उत्रिएका व्यवसायी माथि खनिए थारु कार्यकर्ता (भिडियो हेर्नुहोस)

बन्दको विरुद्ध उत्रिएका व्यवसायी माथि खनिए थारु कार्यकर्ता (भिडियो हेर्नुहोस)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चितवन, भदौ १३ । थारु कल्याणकारिणी सभा
चितवनले पनि आइतबारबाट छुट्टै चार दिने चितवन
बन्दको आह्वान गरेको छ । चितवनलाई प्रादेशिक
राजधानी बनाउनुपर्ने, विगतमा थारुहरुसँग भएका
सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै
चितवनका थारु समुदायहरु आन्दोलित बनेका हुन् ।
बन्दले यातायातका साथै कलकारखाना, बजार,
शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । थारु
कल्याणकारिणी सभा चितवनले आह्वान गरेको
बन्दको विरोध गर्दै केही व्यवसायी प्रतिकारमा
उत्रिएपछि झडप भएको छ । अहिले नारायणगढमा
ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उता, संघीय प्रदेशको सिमांकनमा बाग्लुङ
जिल्लालाई दुई भागमा विभाजन गरिएको
विरोधमा आह्वान गरिएको बन्दका कारण आइतबार
आठौं दिन त्यहाँको जनजीवन प्रभावित बनेको छ ।
जिल्लाको बुर्तिवाङ, गल्कोट, कुश्मीसेरा,
हुग्दीशीर, बरेङ क्षेत्रका जनता आन्दोलनमा
उत्रिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved