Home » » नेपालले भारतसँग आज मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले भारतसँग आज मैत्रीपूर्ण फुटबल खेल्ने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, भदौ १४ । नेपालको सिनियर
राष्ट्रिय फुटबल टोलीले सोमबार(आज)
भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
काठमाडौंमा गत शनिवार सम्पन्न साफ अण्डर
नाईन्टीन च्याम्पियनसिप फुटबलमा नेपाली
युवा टोलीले उपाधि जितेसँगै सिनियर
टोली केही उत्साहित र केही दबाबमा छ ।
अण्डर नाईन्टिन च्याम्पियनसिपको
फाईनलमा भारतलाई पेनाल्टी शुट आउटमा
हराउँदै नेपाल विजयी भएको थियो ।
भारतको पुनेमा सोमबार हुने सिनियर
टोलीको भिडन्तमा पनि नेपाल विजयी हुने
लक्ष्यमा साथ मैदानमा उत्रिदैछ ।
तर राष्ट्रिय टोलीले पछिल्ला खेलहरुमा
गरेको निराशाजनक प्रदर्शन र गोलको खडेरी
चिर्न भने सोमबार पनि निकै संघर्ष गर्नुपर्ने
देखिन्छ ।
नेपाली टोलीका नयाँ प्रशिक्षक बेल्जियन
नागरिक प्याट्रिक असेम्सका लागि पनि
आजको खेल दक्षिण एशियाली फुटबलमा
पहिलो अनुभव हुनेछ ।
दुई वर्षअघि काठमाडौंमा सम्पन्न साफ
च्याम्पियनसिप फुटबलमा भारतलाई हराएको
नेपाल आज त्यही सफलता दोहोर्याउने
दाउमा छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved