भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विश्वमा कहिलेकाहि अचम्मका घटना सार्वजनिक हुने
गरेको छ । बंगलादेशको मंडी जनजातिमा आमा र
छोरीको एउटै पति हुने अनौठो परम्परा रहेको छ । द
गार्डियन पत्रिकाले बंगलादेशको एक घटनालाई
उदाहरण बनाउँदै एक लेख लेखेको छ । गार्डियनका
अनुसार ३० बर्षकि ओरोला डालबोटको बुबाको मृत्यु
उनी सानी छदानै भएको थियो । उनको आमाले
दोस्रो बिबाह गरिन् ।
दोस्रो बुबाको नाम नाटेन थियो । नाटेन
डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । आफ्नी
आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् ।
ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा
पाइन् कि उनको दोस्रो बाबुनै उनको श्रीमान् हुन् ।
यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको
रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन
बर्षको उमेरमा भइसकेको थियो ।
यो त्यहाँको परम्परानै हो । जुन महिलाको श्रीमान
कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले
स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको
श्रीमती बन्ने । तर विवाह गर्नेको उमेर भने विधवा
श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ ।
विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै
मण्डपमा एकै पुरुष सँग विबाह गर्ने प्रचलन उक्त गाउमा
रहेको छ । परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि
र उनको छोरीको पति बनेर दुबैको सुरक्ष गर्न सक्ने छन्
। ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन्
र उनीहरुको वन्धमा समेत कुनै समस्या छैन ।
0 comments:
Post a Comment