Home » » अमरेशलाई कारवाही हुन्छ: प्रधानमन्त्री

अमरेशलाई कारवाही हुन्छ: प्रधानमन्त्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भाद्र ११, २०७२- प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका सभासद् अमरेशकुमार सिंहलाई कारवाही हुने बताएका छन् ।

पूर्वका कांग्रेस सभासभासद्हरुसंग शुक्रबार संविधानसभा भवनमा भएको छलफलमा कोइरालाले अनुशासन समिति मार्फत सिंह माथि कारवाही हुने बताएका हुन ।

पार्टीको अनुशासन समितिले अमरेशलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 'तपाईहरू ढुक्क हुनुहोस् त्यस्तोलाई कारवाही हुन्छ' प्रधानमन्त्रीको भनाई उत्धृत गर्दै सहभागि एक सभासद्ले भने, 'तपाईहरुले भन्नु अघि नै मैले कारवाही प्रकृया अघि बढाईसके को छु ।' पाहडीया र मधेशीबीचको सामाजिक सदभाव खल्बलाउने अभिव्यक्ति दिदै आएका सिंहमाथि कारवाही नभएको भन्दै सभासद्हरुले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

छलफलमा बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि थिए । कोइरालाले पार्टी नीति विपरित अभिव्यक्ति नदिन र गतिविधि नगर्न सभासद्हरुलाई सचेत गराएका थिए । प्रधानमन्त्री कोइरालाले मधेश केन्दि्रत दलले ०६४ सालमा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला संग गरेका संझौताका अधिकांश बूँदा कार्यन्वयनमा आईसकेको बताउदै बार्ताका माध्यमबाटै हल खोज्ने प्रयत्न भइरहेको बताए ।

बरिष्ठ नेता देउवाले मधेशी र पाहडिया बीचको सदभाव खल्बलाउन दिन नहुने बताउदै सवै जातजाति एक भएर बस्ने वातवरण बनाउन जोड दिएका थिए । उपसभापति पौडेल र महामन्त्री सिटौलाले संविधानको निर्माण प्रकृया अन्तिम चरणमा पुगेको बताउदै संघीयताको सीमांकनका कतिपय बिषय आयोगले मिलाउने बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved