भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । एमाओवादी नेता तथा संवैधानिक
राजनीतिक संवाद तथा सहमति समितिका
सभापति डा बाबुराम भट्टराईले आन्दोलनरत
शक्तिलाई आफूले आन्दोनलका लागि उचालेको
स्विकार गरेका छन् ।
राजधानीको एक टेलिविजनसँग कुरा गर्दै भट्टराईले
युगौंदेखि उत्पीडनमा परेकाहरुलाई आफूले आन्दोनल गर्न
उचालेको बताएका हुन् । ‘समाजमा जो युगौंदखि
उत्पीडनमा परेका छन् उनीहरुलाई मैले उचालेकै हो ।’–
भट्टराईले भने ।
तराईका विभिन्न क्षेत्रमा भैरहेको आन्दोलन तर्फ
लक्षित गर्दै उनले आन्दोलनका क्रममा ज्यान जानु
दुःखद भए पनि जनतामाथि धेरै दमन गरे विद्रोह हुने
चेतावनी समेत दिए ।
‘जसले अपराध गरेको हो तीनलाई कारवाही गरिनु
पर्छ तर त्यसको नाममा त्यहाँका उत्पीडित थारु
समुदायमाथि उत्पीडन गरिनु हुन्न, जनतालाई धेरै दमन
गरियो भने जनताले विद्रोह गर्छन ।’– भट्टराईले भने ।
थारु बहुल क्षेत्रलाई उनकै जातिय कलस्टर अनुरुप प्रदेश
बनाउनु पर्छ भन्दा अखण्डताको नाममा एक रौं पनि
दिन्नौं भन्ने अहमताका कारण त्यहाँका जनताले ती
नेताहरु विरुद्ध विद्रोह गरेको भन्दै भट्टराईले त्यसलाई
स्वभाविक बताए ।
उनले भने– ‘आफ्नै जातिय कलस्टर अनुरुप मिलाएर प्रदेश
बनाउनु पर्छ भन्दा अखण्डताको नाममा एक रौं पनि
दिन्नौं भन्ने जसरी केही मान्छेहरुले अहंमताले प्रदर्शन गरे
त्यस विरुद्ध जनताले विद्रोह गर्नु स्वभाविक हो ।’
उनले आफू जहिले पनि उत्पीडित समूदायको पक्षमा
उभिने भन्दै अहिले पनि आफू उत्पीडितहरुकै पक्षमा
उभिएको स्पष्टोक्ति दिँदै यो लुकेको कुरा नभएको
स्पष्ट पारे ।
खबरडबली बाट

0 comments:
Post a Comment