भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं– (अपडेट) आफ्नो चासो
सम्बोधन नभएकोमा असन्तुष्ट भारतले
पेट्रोलिय पदार्थको आपूर्ति रोकेकोमा
पटक पटक अवरोध गरेको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले
आफ्ना ट्याङ्रको सुरक्षा नहुँने कारण
देखाउदै आपुर्ती रोकेकोमा त्यसको
चर्को बिरोध भएपछी खुल्ला गरेकोमा
फेरि रोकेको हो ।
नेपाल आयाल निगम वीरगञ्ज डीपो
प्रमुखसँग भारतीय अधिकारीहरुले
ट्यांकरहरु छुटेको आस्वासन दिएपनि फेरि
सुरक्षाकै कारण देखाएर अवरोध गरेको
बताइएको छ ।
प्राप्त जानकारी अनुसार भारतले
रक्सौल भन्सारमा रोकेका सबै तेल
ट्यांकरलाई नेपाल प्रवेशको अनुमति
दिएको थियो । तर, भारतीय पक्षले
बिहार निर्वाचनको आचारसंहिता
लागेको बहानामा ट्यांकर रोकेको हो ।
त्यसको विरोधमा सामाजिक सञ्जाल
ट्वीटरमा विश्वव्यापी ट्रेन्डिङ
#BackOffIndia समेत बनेको थियो ।
नेपालले आइओसीसँग तेल किन्दै आएको छ ।
तराई–मधेशमा झन्डै डेढ महिनादेखि
आन्दोलन जारी छ ।
मधेश आन्दोलन भैरहदा पनि नेपालतर्फका
सुरक्षाकर्मी र आयल निगमको समन्वयमा
सहज तेल आपूर्ति हुँदै आएको थियो ।
सुरक्षाकर्मी र निगमका कर्मचारीको
समन्वयमा राती विरगञ्जबाट तेल ल्याउने
गरेका थिए ।
0 comments:
Post a Comment